आयरल्याण्डले युएईलाई १३८ रनले हरायो

काठमाडौं । जिम्बमवेमा जारी आइसीसी क्रिकेट विश्वकप छनोट अन्तर्गत समूह चरणको अन्तिम खेलमा आयरल्याण्डले युएईलाई १३८ रनले हराएको छ ।
मंगलबार वुलावायोमा आयरल्याण्डले दिएको ३५० रनको लक्ष्य पछ्याएको युएई ३९ ओभरमा २११ रनमा अलआउट भयो ।
युएईका लागि कप्तान महोम्मद वासिमले ४५ रन बनाए । यस्तै सन्जित शर्माले ४४, वसिल हमिदले ३९, आरयन्स शर्मा १८, वृत्य अरविन्द १०, अलि नसिर १३ र महोम्मद जवदुल्लाह १३ रनमा आउट भए ।
आयरल्याण्डका लागि जोस लिटिल, एन्डी म्याकब्राइन, जर्ज डकरेल, कर्टिस क्याम्फरले समान २/२ विकेट लिए । यस्तै ब्यारी म्याकार्थीले एक विकेट लिएका छन् ।
यसअघि टस हारेर पहिले ब्याटिङ गरेको आयरल्याण्डले निर्धारित ५० ओभरमा ४ विकेट गुमाएर ३४९ रन बनाएको थियो ।
आयरल्याण्डका लागि पल स्टर्लिंगले १३४ बलमा विस्फोटक १६२ रन बनाए । यस्तै कप्तान एन्डी बालबर्नीले ६६, हेरि टेक्टर ५७, एन्डी म्याकब्राइन २४, लोर्कन टकर अविजित ११ र जर्ज डकरेलले १५ रन बनाए ।
युएईका लागि सञ्जित शमाले ३ विकेट तथा अलि नसिरले एक विकेट लिए ।
योसँगै आयरल्याण्डले पहिलो जित दर्ता गरेको छ । आयरल्याड र युएई यसअघि नै सुपर सिक्सबाट बाहिरिएका हुन् ।
समुह ‘ए’ बाट जिम्बाबे, वेस्टइन्डिज र नेदरल्याण्डस सुपर सिक्समा पुगेका छन् भने नेपाल र अमेरिका बाहिरिएका छन् । त्यस्तै समुह ‘बि’ बाट श्रीलंका, स्कटल्याण्ड र ओमान सुपर सिक्समा पुगेका छन् ।
| # | टिम | P | W | Pts |
|---|---|---|---|---|
| 1 |
Nepal Women |
3 | 2 | 6 |
| 2 |
Uzbekistan Women |
1 | 1 | 3 |
| 3 | 1 | 0 | 0 | |
| 4 |
Sri Lanka Women |
1 | 0 | 0 |