आयरल्यान्डविरुद्ध जितका लागी नेपालद्वारा २६९ रनको लक्ष्य

काठमाडौं । गुल्सन झाको ५७ रन प्ररित नेपालले आईसीसी क्रिकेट विश्वकप छनोट अन्तर्गत प्लेअफको खेलमा टेस्ट राष्ट्र आयरल्यान्डलाई २६९ रनको लक्ष्य प्रस्तुत गरेको छ ।
जिम्बावेको ताकाशिंका क्रिकेट स्पोर्ट्स क्लबमा टस हारेर पहिले ब्याटिङ गरेको नेपालले निर्धारित ५० ओभरमा ९ विकेट गरमाएर २६८ रन बनायो ।
नेपालका गुलशन झा ४२ बलमा ४ चौका र ३ छक्कासहित ५७ रनमा नटआउट रहे ।
ओपनर अर्जुन साउदले ४८ रन बनाए । उनले ८४ बलमा ३ चौका र २ छक्का प्रहार गरेका थिए ।
कुशल मल्ल ४४ रन, कप्तान रोहित कुमार पौडेल २९ रन, भिम सार्की २० रन र सन्दीप लामिछानेले ३२ रनको अक्रमकीय पारी खेले । उनले ३० बलमा ३ चौकबा र १ छक्का प्रहार गरेका थिए ।
कुशल भुर्तेल ८ र ज्ञानेन्द्र मल्ले ७ रनमा आउट भए ।
यता आयरल्यान्डको लागि क्रेग यंग, मार्क एडेयर र ब्यारी म्याकार्थीले समान २ विकेट लिए भने कर्टिस क्याम्फर, ग्यारेथ डेलानी र एन्ड्रयू म्याकब्राइनले समान ११ विकेट लिए ।
| # | टिम | P | W | Pts |
|---|---|---|---|---|
| 1 |
Nepal Women |
3 | 2 | 6 |
| 2 |
Uzbekistan Women |
1 | 1 | 3 |
| 3 | 1 | 0 | 0 | |
| 4 |
Sri Lanka Women |
1 | 0 | 0 |