← समाचारमा फर्कनुस्
Cricket Jun 23, 2023 · Shishir

विश्वकप छनोट : श्रीलंकासँग ओमान १० विकेटले पराजित

विश्वकप छनोट : श्रीलंकासँग ओमान १० विकेटले पराजित

काठमाडौँ– श्रीलंकाले आईसीसी एक दिवसीय विश्वकप छनोटमा ओमानलाई पराजित गरेको छ। शुक्रबार सम्पन्न खेलमा टेस्ट टोली श्रीलंकाले ओमानलाई १० विकेटले पराजित गरेको हो।

ओमानले दिएको ९९ रनको लक्ष्य पछ्याएको श्रीलंकाले १५ ओभरमा विकेटको क्षतिबिना १०० रन बनायो। श्रीलंकाका ओनपर दिमुथ करुणारत्ने अविजित रहँदै ६१ रनको इनिङ्स खेले। उनले ५१ बलमा ८ चौका प्रहार गरे। अर्का ओपनर पथुम निसन्काले अविजित रहँदै ३९ बलमा ५ चौकासहित ३७ रन प्रहार गरे।

त्यसअघि क्विन्स स्पोर्ट्स क्लबमा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको ओमानले ३०.२ ओभरमा सबै विकेट गुमाउँदै ९८ रन बनायो। ओमानका आयन खानले सर्वाधिक ४१ रन बनाए। उनले ६० बलमा ४ चौका प्रहार गरे। ओपनर जतिन्दर सिंहले २१ र फयाज बटले १३ रन प्रहार गर्दा अन्य ब्याटर चल्न सकेनन्।

श्रीलंकाका वानिन्दु हसरंगाले सर्वाधिक ५ विकेट लिए। ७.२ ओभर बलिङ गरेका उनले २ मेडनसहित १३ रन खर्चिए। उनले जारी प्रतियोगितामा ११ विकेट लिसकेका छन्। श्रीलंकाले पहिलो खेलमा यूएईलाई १७५ रनले पराजित गर्दा उनले ८ ओभर बलिङ गर्दै १ मेडनसहित २४ रन खर्चिएर ६ विकेट लिएका थिए। यस्तै, लहिरू कुमाराले ३ विकेट लिए। कसुन रजिथालको नाममा १ विकेट रह्यो। 

जितसँगै समूह ‘बी’मा रहेको श्रीलंका २ खेलबाट ४ अंक जोड्दै शीर्ष स्थानमा उक्लिएको छ। ३ खेल खेलिसकेको ओमानको पनि ४ अंक रहेको छ। ओमान दोस्रो स्थानमा छ। ओमानले आयरल्यान्ड र यूएईलाई समान ५ विकेटले पराजित गरेको थियो।

AFC Asian Cup Qualifier
#टिमPW Pts
1 Nepal Women Nepal Women 3 2 6
2 Uzbekistan Women Uzbekistan Women 1 1 3
3 Laos Women Laos Women 1 0 0
4 Sri Lanka Women Sri Lanka Women 1 0 0
🏆FIFA International Friendly
1 Thailand Women Thailand Women 1 3
2 Nepal Nepal 2 2
3 Hong Kong Hong Kong 1 1
4 Bangladesh Bangladesh 1 1
सबै समूह →