← समाचारमा फर्कनुस्
Cricket Jun 22, 2023 · Shishir

वेष्ट इण्डिजसंग नेपाल १०१ रनले पराजित

वेष्ट इण्डिजसंग नेपाल १०१ रनले पराजित

काठमाडौ- जिम्बावेमा जारी आइसिसी एकदिवसीय विश्वकप छनोटमा वेस्टइण्डिजले नेपाललाई पराजित गरेको छ ।  

बिहिवार भएको खेलमा वेस्टइण्डिजले नेपाललाई १०१ रनले पराजित गरेको हो । 

वेस्टइन्डिजले दिएको ३४० रनको लक्ष्य पछाएको नेपालले ४९।४ ओभरमा अलआउट हुदै २३८ रन बनाएको थियो । 

नेपालका लागि आरिफ सेखले सर्बाधिक ६३ रन बनाए भने गुलशन झाले ४२ रन बनाए । त्यस्तै कप्तान रोहित पौडेलले ३०, आसिफ सेखले २८, दिपेन्द्र सिंह ऐरीले २३, करण केसीले २८ रन बनाएका थिए । 

त्यसैगरी वेस्टइन्डिजका बलरजासन होल्डरले ३ विकेट लिए भने अल्जारी जोसेप, कीमो पाउल, अकील होसेइनले २(२ विकेट लिएका थिए ।

यसअघि टस हारेर पहिला ब्याटिंग गरेको वेस्टइण्डिजले ५० ओभरमा ७ विकेट गुमाउदै ३३९ रन बनाएको थियो । 

वेस्टइण्डिजका लागि कप्तान शाइ होपले सर्बाधिक १३२ रन बनाए भने निकोलस पुरनले ११५ रन बनाएका थिए । दुवैले चौथो विकेटका लागि २१६ रनको साझेदारी गरेका थिए ।

त्यस्तै वेस्टइण्डिजका ब्राण्डन किंगले ३२, रोभमन पावेलले २९, जासन होल्डरले अविजित १६ रन बनाए । 

त्यस्तै नेपाली बलर ललित राजबंशीले ३ विकेट लिए भने करण केसी, गुलशन झा, सन्दीप लामिछाने र दिपेन्द्र सिंह ऐरीले एक एक विकेट लिए । 

यो जितसँगै वेस्टइन्डिजले प्रतियोगितामा लगातार दोस्रो जित हासिल गरेको छ भने नेपालले ३ खेलमा दोस्रो हार बेहोरेको छ ।

अब वेस्टइन्डिजले अर्को खेल शनिबार जिम्बाबेसँग खेल्ने छ भने नेपालले शनिबार नेदरल्याण्डसको सामना गर्ने छ ।

AFC Asian Cup Qualifier
#टिमPW Pts
1 Nepal Women Nepal Women 3 2 6
2 Uzbekistan Women Uzbekistan Women 1 1 3
3 Laos Women Laos Women 1 0 0
4 Sri Lanka Women Sri Lanka Women 1 0 0
🏆FIFA International Friendly
1 Thailand Women Thailand Women 1 3
2 Nepal Nepal 2 2
3 Hong Kong Hong Kong 1 1
4 Bangladesh Bangladesh 1 1
सबै समूह →