विश्वकप छनोट: अमेरिकाविरुद्ध जिम्बाबेको फराकिलो जित

काठमाडौं । जिम्बावेमा जारी आइसीसी क्रिकेट विश्वकप छनोट अन्तर्गत घरेलु टोली जिम्बाबेसँग अमेरिका ३०४ रनले पराजित भएको छ ।
जिम्बाबेले दिएको ४०८ रनको लक्ष्य पछ्याएको अमेरिकाले २५ ओभरमा १०४ रनमा अलआउट भयो ।
अमेरिकाका लागि अभिषेक परधकरले २४ रन बनाए । यस्तै जेसी सिंहले २१ र गजानन्द सिंहले १३ रन बाहेक अन्य ब्याट्सम्यानले दोहोरो अंक बनाउन सकेनन् ।जिम्बाबेका बलर रिचार्ड नगरभा र सिकन्दर राजाले २–२ विकेट लिए । रायन बर्ल, बर्ड इभान्स र लुकी जगवीले समान एक–एक विकेट लिए ।
यसअघि हरारेमा टस हारेर पहिले ब्याटिङ गरेको जिम्बाबेले निर्धारित ओभरमा ६ विकेट गुमाएर ४०८ रन बनाएको थियो ।
जिम्बाबेका लागि कप्तान सेन वीलिम्सनले १०१ बलमा १७४ रनको शतकिय पारि खेले ।
यस्तै जोयलर्ड गुम्बेले ७८, सिकन्दर राजाले ४८, राय बर्लले ४७ र इनोसेन्ट कालाले ३२ रन बनाएका थिए ।
अमेरिकाका बलर अभिषेक पराधकरले ३ विकेट लिए । यस्तै जे सिंहले २ तथा नोस्तुस केन्जीजले एक विकेट लिएका थिए ।
उक्त जितसँगे जिम्बाबेले समुहका ४ खेलमा ४ जित निकाल्दै समूह ‘ए’ विजेता बनेको छ । जिम्बाबे यसअघि नै सुपर सिक्समा छनौट भइसकेको छ ।
अमेरिका भने आफ्ना सबै खेलमा पराजित भएर प्रतियोगिताबाट बाहिरीसकेको छ ।
समुह ए बाट जिम्बाबे, वेस्टइन्डिज र नेदरल्याण्डस सुपर सिक्समा पुगेका छन् भने नेपाल र अमेरिका बाहिरिएका छन् ।
त्यस्तै समुह ‘बि’ बाट श्रीलंका, स्कटल्याण्ड र ओमान सुपर सिक्समा पुगेका छन् । त्यस्तै टेस्ट खेल्ने देश आयरल्याण्ड आफ्ना शुरुक तीन खेलमा हार बेहोरेसँगै सुपर सिक्सको दौडबाट बाहिरिएको छ भने युएई यसअघि नै तीन खेलमा हार बेहोरेर सुपर सिक्स पुग्नबाट बाहिरिएको थियो ।
| # | टिम | P | W | Pts |
|---|---|---|---|---|
| 1 |
Nepal Women |
3 | 2 | 6 |
| 2 |
Uzbekistan Women |
1 | 1 | 3 |
| 3 | 1 | 0 | 0 | |
| 4 |
Sri Lanka Women |
1 | 0 | 0 |