← समाचारमा फर्कनुस्
Cricket Apr 28, 2023 · Shishir

वर्ल्डलिंद्वारा सन्दीपलाई एक लाखसहित सम्मान

वर्ल्डलिंद्वारा सन्दीपलाई एक लाखसहित सम्मान

काठमाडौ- नेपाली क्रिकेट टोलीका पूर्वकप्तान सन्दीप लामिछानेलाई इन्टरनेट सेवा प्रदायक कम्पनी वर्ल्डलिंक कम्युनिकेशन्सले सम्मान गरेको छ ।

ओडिआईमा सबैभन्दा छिटो १०० विकेट लिएकोमा बधाई दिँदै वर्ल्डलिंकले सन्दीपलाई एक लाख नगदसहित सम्मानित गरेको हो ।

राष्ट्रिय क्रिकेट टोलीका स्पिनर समेत रहेका लामिछानेले एसीसी प्रिमियर कपअन्तर्गत ओमानविरुद्धको खेलमा एक विकेट लिएसँगै दुर्लभ विश्व कीर्तिमान आफ्नो नाममा गराएका थिए ।

कतारविरुद्धको खेलमा नेपालको जितमा नायक बनेका लाछिानेले कतारको महत्वपूर्ण पाँच विकेट लिएका थिए भने टोलीका लागि सर्वाधिक ४२ रन समेत बनाएका थिए । 




AFC Asian Cup Qualifier
#टिमPW Pts
1 Nepal Women Nepal Women 3 2 6
2 Uzbekistan Women Uzbekistan Women 1 1 3
3 Laos Women Laos Women 1 0 0
4 Sri Lanka Women Sri Lanka Women 1 0 0
🏆FIFA International Friendly
1 Thailand Women Thailand Women 1 3
2 Nepal Nepal 2 2
3 Hong Kong Hong Kong 1 1
4 Bangladesh Bangladesh 1 1
सबै समूह →