युएईलाई हराउदै नेपाल एसिया कपमा

काठमाडौ- एसिसी प्रिमियर कपको फाइनलमा युएईलाई ७ विकेटले पराजित गर्दै नेपाल एसिया कपमा छनोट भएको छ। आगामी सेप्टेम्बरमा हुने एसिया कपमा भारत र पाकिस्तान रहेको समूहमा नेपालले पनि खेल्नेछ।
युएईले जितका लागि दिएको ११८ रनको सामान्य लक्ष्य नेपालले ३०.३ ओभरमा मात्र ३ विकेट गुमाएर पुरा गर्यो ।
नेपालको लागी गुलशन झाले ६ छक्कासहित सर्वाधिक ६७ रन बनाएर अविजीत रहदा भीम सार्कीले ३६ रन बनाए।
टियु क्रिकेट मैदानमा टस हारेर सुरुवाती ब्याटिङको गरेको युएई ३३.१ ओभरमा ११७ रनमा अल आउट भएको थियो।
नेपालका लागी ललित राजवंशीले सर्वाधिक ४ विकेट लिदा करण केसी र सन्दीप लामिछानेले समान २-२ तथा गुलसन झा र सोमपाल कामीले समान १-१ विकेट लिए ।
नेपाली टिमः आसिफ शेख,कुशल भुर्तेल, भीम सार्की, रोहित पौडेल,कुशल मल्ल, आरिफ शेख, गुलशन झा, सोमपाल कामी, करण केसी, सन्दीप लामिछाने र ललित नारायण राजवंशी ।
| # | टिम | P | W | Pts |
|---|---|---|---|---|
| 1 |
Nepal Women |
3 | 2 | 6 |
| 2 |
Uzbekistan Women |
1 | 1 | 3 |
| 3 | 1 | 0 | 0 | |
| 4 |
Sri Lanka Women |
1 | 0 | 0 |