← समाचारमा फर्कनुस्
Cricket May 22, 2023 · Shishir

एकदिवसीय विश्वकप छनोट खेल्ने टोली घोषणा

एकदिवसीय विश्वकप छनोट खेल्ने टोली घोषणा

काठमाडौं- जिम्बाब्वेमा यसै वर्ष हुने एकदिवसीय विश्वकप छनोटका लागि नेपाली क्रिकेट टिमको प्रारम्भिक टोलीको घोषणा भएको छ। जुन १८ देखि जुलाई ९ सम्म हुने छनोटका लागि सोमबार क्यानले २२ सदस्यीय प्रारम्भिक टिमको घोषणा गरेको हो। 

छनोटमा नेपाल समूह ‘ए’मा परेको छ। यो समूहमा नेपालसँगै जिम्बाब्वे, वेस्ट इन्डिज, अमेरिका र नेदरल्यान्ड्स छन्।

समूह ‘बी’मा आयरल्यान्ड, ओमान, स्कटल्यान्ड, श्रीलंका र युनाइटेड अरब इमिरेट्स (यूएई) छन्। हालसम्म प्रतियोगिताको खेल तालिका भने सार्वजनिक भएको छैन।

नेपालको प्रारम्भिक टोली
कुशल भुर्तेल, आसिफ सेख, आरिफ सेख, ज्ञानेन्द्र मल्ल, रोहितकुमार पौडेल (कप्तान), कुशल मल्ल, दीपेन्द्र सिंह ऐरी, गुल्सन झा, सोमपाल कामी, करण केसी, सन्दीप लामिछाने, भीम सार्की, प्रतिश जिसी, ललितनारायण राजवंशी, अर्जुन साउद, सन्दीप जोरा, देव खनाल, किशोर महतो, सूर्य तामाङ, कमलसिंह ऐरी, श्याम (मौसम)ढकाल, अविनाश बोहरा ।

AFC Asian Cup Qualifier
#टिमPW Pts
1 Nepal Women Nepal Women 3 2 6
2 Uzbekistan Women Uzbekistan Women 1 1 3
3 Laos Women Laos Women 1 0 0
4 Sri Lanka Women Sri Lanka Women 1 0 0
🏆FIFA International Friendly
1 Thailand Women Thailand Women 1 3
2 Nepal Nepal 2 2
3 Hong Kong Hong Kong 1 1
4 Bangladesh Bangladesh 1 1
सबै समूह →