प्रयागराज सिंह सुवाल स्मृति अन्तर वडा फुटसल प्रतियोगिताको उपाधि वडा नं १४ लाई

काठमाडौँ, असोज ३ गते- वडा नं १४ बुधबार वडा नं १३ लाई ३–२ ले हराएर प्रयागराज सिंह सुवाल स्मृति अन्तर वडा फुटसल प्रतियोगिताको च्याम्पियन बनेको छ ।
काठमाडौँ महानगरपालिकाका वडाहरु बीच लैनचौर फुटसल मैदान सम्पन्न प्रतियोगिता जित्न फाइनलमा वडा नं १४ का मनिष रानाभाटले दुई गोल गर्नुभयो । च्याम्पियन टिमका लागि दिलिप थापाले पनि एक गोल गर्नुभयो । वडा नं १३ का लागि अभय राना र आसिस कपालीले गरेको गोल सान्त्वना मात्र बने । फाइनलमा वडा नं १४ का आरोन खड्का म्यान अफ दि म्याच बन्नुभयो ।
उपाधि विजेता वडा नं १४ ट्रफीसहित दुई लाख रुपियाँको हकदार बन्यो । उपविजेता वडा नं १३ ले एक लाख रुपियाँमा चित्त बुझायो । यसैगरी, विधागततर्फ उत्कृष्टतर्फ वडा नं १३ का आसिस कपाली सर्वश्रेष्ठ खेलाडी, वडा नं १४ का मनिष सर्वाधिक गोलकर्ता र वडा नं १४ कै विपिन थापा मगर सर्वश्रेष्ठ गोलरक्षक घोषित हुनुभयो । यी तीनै उतकृष्ट खेलाडी जनही दस हजार रुपियाँले पुरस्कृत हुनुभयो ।
विजेता वडा नं १४, उपविजेता वडा नं १३ तथा व्यक्तिगत विधामा उत्कृष्ट हुने खेलाडीलाई काठमाडौँ महानगरपालिका प्रमुख बालेन्द्र शाह, उपप्रमुख सुनिता डङ्गाल र वडा नं २३ का अध्यक्ष मचाराजा महर्जनले ट्रफी, नगद पुरस्रकार तथा प्रमाणपत्र प्रदान गर्नुभएको थियो । प्रयागराज सिंह सुवाल स्मृति अन्तर वडा फुटसल प्रतियोगिता वडा नं २३ ले आयोजना गरेको हो ।
| # | टिम | P | W | Pts |
|---|---|---|---|---|
| 1 |
Nepal Women |
3 | 2 | 6 |
| 2 |
Uzbekistan Women |
1 | 1 | 3 |
| 3 | 1 | 0 | 0 | |
| 4 |
Sri Lanka Women |
1 | 0 | 0 |