← समाचारमा फर्कनुस्
Cricket Sep 14, 2023 · Shishir

अम्पायर रविन्द्रसँगै नेपाली भेट्रान क्रिकेट टिम पाकिस्तान जाँदै

अम्पायर रविन्द्रसँगै नेपाली भेट्रान क्रिकेट टिम पाकिस्तान जाँदै

काठमाडौं । पाकिस्तानमा हुने ‘ओभर फोर्टिज क्रिकेट ग्लोबल कप’मा नेपालले किरण शमशेर जबराको कप्तानीमा खेल्ने भएको छ ।

पाकिस्तानमा १८ सेप्टेम्बरदेखि दुई अक्टोबरसम्म हुने प्रतियोगितामा किरणको कप्तानीमा १५ सदस्यीय नेपाली टिम जाने भएको हो । प्रतियोगितामा नेपालसँगै अस्ट्रेलिया, वेस्ट इन्डिज, पाकिस्तान, अमेरिका, हङकङ, युनाइटेड अरब इमिरेट्स (यूएई) र क्यानडाले प्रतिस्पर्धा गर्ने छन् । 

प्रतियोगितामा सबै देशबाट ४० वर्षमाथिका खेलाडीहरूले प्रतिस्पर्धा गर्ने छन् । एकदिवसीय संरचनामा हुने प्रतियोगितामा साहिद अफ्रिदी, मिसवाह उल हकजस्ता चर्चित क्रिकेटरहरूले प्रतिस्पर्धा गर्ने छन् । सिङ्गल राउन्ड रोविन लिग पद्धतिमा हुने प्रतियोगिताबाट शीर्ष चार टिम सेमिफाइनल प्रवेश गर्ने छन् । प्रतियोगिताका लागि नेपाली टिमसँगै अम्पायरमा रविन्द्र गुप्ता पनि पाकिस्तान जाने छन् ।

नेपाली टिम

किरण शमशेर जबरा (कप्तान), उदय बहादुर थापा (उपकप्तान), विकाश सिंह, सन्तोष भन्डारी, सजल देवकोटा, समिर क्षेत्री, रामनरेश यादव, रविन जोशी, बाबुजान अन्सारी, मुर्तुजा हवारी, सञ्जय श्रेष्ठ, विनित बास्तोला, सचिन मल्ल, सुमन उदय, खेमबहादुर थापा कर्णविर थापा क्षेत्री (म्यानेजर) ।

AFC Asian Cup Qualifier
#टिमPW Pts
1 Nepal Women Nepal Women 3 2 6
2 Uzbekistan Women Uzbekistan Women 1 1 3
3 Laos Women Laos Women 1 0 0
4 Sri Lanka Women Sri Lanka Women 1 0 0
🏆FIFA International Friendly
1 Thailand Women Thailand Women 1 3
2 Nepal Nepal 2 2
3 Hong Kong Hong Kong 1 1
4 Bangladesh Bangladesh 1 1
सबै समूह →