← समाचारमा फर्कनुस्
Cricket Apr 19, 2023 · Shishir

आइपिएलमा मुम्बई इण्डियन्स विजयी

आइपिएलमा मुम्बई इण्डियन्स विजयी

काठमाडौ- इण्डियन प्रिमियर लिग (आइपिएल) मा राति भएको खेलमा मुम्बई इण्डियन्स विजयी भएको छ।

मुम्बई इण्डियन्सले घरेलु टोलि सनराइजर्स हैदरावादलाई १४ रनले पराजित गरेको हो।

जितका लागी मुम्बईले दिएको १९३ रनको लक्ष्य पछाएको हैदरावाद १९.५ ओभरमा अलआउट हुदै १७८ रन मै समेटियो।

हैदरावादका लागि मयंक अग्रवालले ४८ रन बनाउदा क्लासेनले ३६ रन, एडन मार्क्रमले २२ रन र मार्को जानसेनले १३ रन बनाए ।

यता मुम्बईका लागी जासन बेहरेनडोर्फ़, रिले मेरेडीथ र पियुष चावलाले समान २-२ विकेट लिदा क्यामरुन ग्रीन र अर्जुन तेन्दुलकरले समान १-१ विकेट लिए।

त्यसअघि टस हारेर पहिला ब्याटिंग गरेको मुम्बईले २० ओभरमा ५ विकेट गुमाउदै १९२ रन बनाएको थियो ।

उसका लागि क्यामरुन ग्रीनले ६४ रन,इशान किशनले ३८ रन ,तिलक बर्माले ३७रन, रोहित शर्माले २८ रन र टिम डेभिडले १६ रन बनाए।

यता हैदरावादका लागी बलरमार्को जानसेनले २ विकेट लिए भने भुवनेश्वर कुमार र टी नटराजनले समाव १-१ विकेट लिएका थिए ।

जितसंगै मुम्बई इण्डियन्स ५ खेलमा ६ अंकसहित तालिकामा छैटौं स्थानमा उक्लिएको छ । त्यस्तै सनराइजर्सको ५ खेलमा ४ अंक रहेको छ ।

AFC Asian Cup Qualifier
#टिमPW Pts
1 Nepal Women Nepal Women 3 2 6
2 Uzbekistan Women Uzbekistan Women 1 1 3
3 Laos Women Laos Women 1 0 0
4 Sri Lanka Women Sri Lanka Women 1 0 0
🏆FIFA International Friendly
1 Thailand Women Thailand Women 1 3
2 Nepal Nepal 2 2
3 Hong Kong Hong Kong 1 1
4 Bangladesh Bangladesh 1 1
सबै समूह →