← समाचारमा फर्कनुस्
विश्वकप क्वालिफायर खेल्ने अमेरिकी टिमको घोषणा

काठमाडौँ- आइसिसी एकदिवसीय विश्वकप क्वालिफायर खेल्नका लागी अमेरिकाले १४ सदस्य टिमको घोषणा गरेको छ ।
अमेरिकाले मोनांक पटेलको कप्तानीमा जिम्बावेमा हुने विश्वकप क्वालिफायर खेल्ने टोली घोषणा गरेको हो ।
प्रतियोगिता जुन १८ देखि जुलाई ९ सम्म जिम्बावेमा हुनेछ । जसमा शीर्ष तीन टोली सुपर सिक्समा स्थान बनाउनेछन् ।
१० टोलिलाई दुईसमूहमा विभाजन गरिएको छ। जसमा अमेरिका, नेपाल, वेस्टइन्डिज, जिम्बावे र नेदरल्यान्ड्स समूह ए मा छन् । समूह बी मा श्रीलंका, आयरल्यान्ड, स्कटल्यान्ड, युएई र ओमान छन् ।
अमेरिकी टोली : मोनांक पटेल (कप्तान तथा विकेटकिपर), आरोन जोन्स(उपकप्तान), शयान जहाँगिर, नोस्थुश केंजिगे, अली खान, सुशान्त मोदानी, साई मुकामल्ला, सौरभ नेत्रवालकर, अभिषेक परादकर, निसर्ग पटेल, कायल फिलिप, उसमान रफिक, गजानन्द सिंह, जेसी सिंह र स्टिभ टेलर ।
AFC Asian Cup Qualifier
| # | टिम | P | W | Pts |
|---|---|---|---|---|
| 1 |
Nepal Women |
3 | 2 | 6 |
| 2 |
Uzbekistan Women |
1 | 1 | 3 |
| 3 | 1 | 0 | 0 | |
| 4 |
Sri Lanka Women |
1 | 0 | 0 |