← समाचारमा फर्कनुस्
तेस्रो हारसँगै सुपर सिक्सको दौडबाट बाहिरियो युएई

काठमाडौँ । जिम्बावेमा जारी आइसीसी क्रिकेट विश्वकप क्वालिफायरबाट यूएई बाहिरिएको छ ।
शुक्रबार सम्पन्न भएको आफ्नो तेस्रो खेलमा स्कटल्याण्डसँग १११ रनले पराजित भएसँगै युएई सुपर सिक्सको दौडबाट बाहिरिएको हो ।
स्कटल्याण्डले दिएको २८३ रनको लक्ष्य पछाएको युएईले ३५।३ ओभरमा अल आउट हुदै १७१ रन मात्र बनायो ।
यसअघि टस हारेर पहिला ब्याटिंग गरेको स्कटल्याण्डले कप्तान रिचे बेरिन्घटनको १२७ रनको मद्दतले ५० ओभरमा ८ विकेट गुमाउदै २८२ रङ बनाएको थियो ।
उक्त जितसँगै समुह बि मा स्कटल्याण्डले लगातार दोस्रो जित हासिल गर्दै सुपर सिक्समा आफ्नो सम्भावना बलियो बनाएको छ ।
त्यस्तै युएई भने लगातार तीन हार बेहोर्दै आयरल्याण्डविरुद्धको समुह चरणको अन्तिम खेल नखेल्दै सुपर सिक्सको दौडबाट बाहिरिएको छ ।
AFC Asian Cup Qualifier
| # | टिम | P | W | Pts |
|---|---|---|---|---|
| 1 |
Nepal Women |
3 | 2 | 6 |
| 2 |
Uzbekistan Women |
1 | 1 | 3 |
| 3 | 1 | 0 | 0 | |
| 4 |
Sri Lanka Women |
1 | 0 | 0 |