← समाचारमा फर्कनुस्
Cricket Apr 23, 2023 · Shishir

एसीसी कपमा युएईको सानदार जित

एसीसी कपमा युएईको सानदार जित

काठमाडौ- जारि एसीयन क्रिकेट काउन्सिल(एसीसी) प्रिमियर कपमा आज भएको खेलमा युएईले सिंगापुरविरुद्ध सानदार जित निकालेको छ । 

कीर्तिपुरस्थित टियु मैदान भएको खेलमा सिंगापुरविरुद्ध युएई २०१ रनको फराकिलो अन्तरले विजयी भएको हो।

युएईले जितका लागी दिएको  ४७२ रनको विशाल लक्ष्य पछ्याएको सिंगापुरले निर्धारित ओभरमा ९ विकेट गुमाएर २७० रन मात्र बनायो ।

सिंगापुरका लागि मनप्रित सिंहले सर्वाधिक ६६ रनको अर्धशतकीय ईनिङ खेले ।

युएईका लागि सचिन शर्मा,कार्तिक मैयप्पन र आयान खानले समान २-२ विकेट लिए । 

त्यसअघि सुरुवातमा टस जितेर पहिले ब्याटिङ गरेको युएईले ५० ओभरमा अलआउट हुदै ४७१ रन बनाएको थियो।

युएईका लागि कप्तान तथा ओपनर मुहम्मद वासिमले  १६० रन र वृत्य अरबिन्दले १७४ रन बनाए।

सिंगापरका लागि अदिद्य भार्गभले सर्वाधिक ४ विकेट लिदा रमेश कलिमुथुले ३ विकेट र विनोद बसकरनले २ विकेट लिए । 

यो जितसंगै समुह बि मा रहेको युएईले ३ खेलमा ४ अंक बटुल्दा सिंगापुरले तिन खेल खेल्दा जितविहिन रहेको छ।

AFC Asian Cup Qualifier
#टिमPW Pts
1 Nepal Women Nepal Women 3 2 6
2 Uzbekistan Women Uzbekistan Women 1 1 3
3 Laos Women Laos Women 1 0 0
4 Sri Lanka Women Sri Lanka Women 1 0 0
🏆FIFA International Friendly
1 Thailand Women Thailand Women 1 3
2 Nepal Nepal 2 2
3 Hong Kong Hong Kong 1 1
4 Bangladesh Bangladesh 1 1
सबै समूह →