← समाचारमा फर्कनुस्
एसीसी प्रिमियर कप : ओमानलाई हराउँदै यूएई फाइनलमा

काठमाडौँ- नेपालले एसीसी प्रिमियर कप क्रिकेट प्रतियोगिताको उपाधिका लागि युनाइटेड अरब इमिरेट्स ९यूएई० को सामना गर्ने भएको छ । मुलपानी क्रिकेट मैदानमा भएको दोस्रो सेमिफाइनल खेलमा ओमानलाई २ रनले पराजित गर्दै यूएई फाइनलमा प्रवेश गरेको हो ।
मुलपानी क्रिकेट मैदानमा पनि पानी परेपछि यूएईले ओमानलाई डिएल मेथडमा २ रनले पराजित गर्यो ।
पहिले ब्याटिङ गर्दै यूएईले ४९ ओभर २ बलमा २ सय ३६ रन बनाएको थियो । तर, २ सय ३७ रनको लक्ष्य पछ्याएको ओमानले ४३ ओभरमा ६ विकेट गुमाएर १९० रन जोड्दा खेल वर्षाले अवरुद्ध भयो । त्यसपछि यूएई २ रनले विजयी भयो ।
नेपाल र यूएईबीचको फाइनल मे १ तारिखमा हुनेछ । उपाधि विजेताले पाकिस्तान र भारतको समूहमा रहँदै एसिया कप खेल्नेछ ।
AFC Asian Cup Qualifier
| # | टिम | P | W | Pts |
|---|---|---|---|---|
| 1 |
Nepal Women |
3 | 2 | 6 |
| 2 |
Uzbekistan Women |
1 | 1 | 3 |
| 3 | 1 | 0 | 0 | |
| 4 |
Sri Lanka Women |
1 | 0 | 0 |