← समाचारमा फर्कनुस्
यू-१६ खेलाडीलाई एसपिएको सम्मान

अघिल्लो साता मलेसियामा सम्पन्न एसिसी यू-१६ इस्ट जोन कपको उपाधि विजेता नेपाली टोलीका तीन खेलाडीलाई एसपिए कलेजले सम्मान गरेको छ ।
नेपाली टोलीमा रहेका सुदूरपश्चिमका तीन खेलाडी आशिष लुहार, नरेन भट्ट र अशोक धामीलाई एसपिएले आइतबार सम्मान गरेको हो ।
घरेलु टोली मलेसियामाथि २ सय २१ रनको सानदार जित निकाल्दै नेपालले लगातार तेस्रो पटक यू-१६ इस्ट जोनको उपाधि जितेको थियो ।
कञ्चनपुरका आशिष एसपिए क्रिकेट टोलीको कप्तान पनि हुन् । उनी कलेजमा कक्षा १२ मा अध्ययनरत छन् । यस्तै फाइनलमा शतक प्रहार गरेका नरेन भट्ट बैतडी र अशोक धामी बझाङका हुन् ।
एसपिएले तीनै जनालाई स्नातकोत्तरसम्म निःशुल्क अध्ययन गराउने घोषणा गरेको छ । यस्तै एसिपएले धनगढी क्रिकेट एकेडेमीमा तीनै जनालाई निःशुल्क प्रशिक्षणको समेत व्यवस्था मिलाएको छ ।
AFC Asian Cup Qualifier
| # | टिम | P | W | Pts |
|---|---|---|---|---|
| 1 |
Nepal Women |
3 | 2 | 6 |
| 2 |
Uzbekistan Women |
1 | 1 | 3 |
| 3 | 1 | 0 | 0 | |
| 4 |
Sri Lanka Women |
1 | 0 | 0 |