← समाचारमा फर्कनुस्
नेदरल्याण्ड्सलाई हराउँदै श्रीलंका विश्वकप नजिक

विश्वकप छनोट क्रिकेट छनोटमा नेदरल्याण्ड्सलाई पराजित गर्दै श्रीलंका विश्वकप नजिक पुगेको छ।
जितका लागि २१४ रनको सामान्य लक्ष्य पछ्याएको नेदरल्याण्ड्स ४० ओभरमा १९२ रनमा अल आउट हुदै २१ रनले पराजित भएको हो।
नेदरल्याण्ड्सका कप्तान स्कट इडवार्डसले सर्वाधिक नट आउट ६७ रन बनाउदा वेस्ली बरेसीले ५२ रन बनाए।
यो जितसंगै सुपर सिक्समा ३ खेलबाट श्रीलंकाको ६ अंक पुगेको छ। जिम्बाव्वेको समान खेलबाट समान ६ अंक भए पनि रन रेटका अधारमा दोस्रो स्थानमा छ । नेदरल्याण्ड्सको भने ३ खेलबाट २ अंक मात्र रहेको छ ।
AFC Asian Cup Qualifier
| # | टिम | P | W | Pts |
|---|---|---|---|---|
| 1 |
Nepal Women |
3 | 2 | 6 |
| 2 |
Uzbekistan Women |
1 | 1 | 3 |
| 3 | 1 | 0 | 0 | |
| 4 |
Sri Lanka Women |
1 | 0 | 0 |