श्रीलंका एक दिवसीय विश्वकपमा छनोट

घरेलु टोली जिम्बावेलाई पराजित गर्दै श्रीलंका एक खेल अगावै आईसीसी एक दिवसीय विश्वकपमा छनोट भएको छ। आइतबार सम्पन्न सुपर सिक्सको खेलमा जिम्बावेलाई ९ विकेटले पराजित गर्दै श्रीलंका विश्वकपमा छनोट भएको हो। श्रीलंकाले सुपर सिक्समा प्रतियोगिताबाट बाहिरिसकेको वेस्ट इन्डिजसँग एक खेल खेल्न बाँकी छ।
जिम्बावेले दिएको १६६ रनको लक्ष्य श्रीलंकाले ३३.१ ओभरमा १ विकेट गुमाउँदै पूरा गर्यो। पाथुम निसांका र दिमुथ करूणात्नेले पहिलो विकेटका लागि १२० बलमा १०३ रनको शतकीय साझेदारी गरेपछि श्रीलंकाका जितनजिक पुगेको थियो।
ओपनर पाथुमले अविजित रहँदै सर्वाधिक १०१ रनको इनिङ्स खेले। उनले १०२ बलमा १४ चौका प्रहार गरे। अर्का ओपनर दिमुथले ५६ बलमा २ चौकासहित ३० रन बनाए। उनी २०औँ ओभरको अन्तिम बलमा डिप फाइन लेगमा आउट भए।
कुशल मेन्डिसले अवजिति रहँदै २५ रन बनाए। जिम्बावेका रिचर्ड नागराभाले १ विकेट लिए।
त्यसअघि क्विन्स स्पोर्ट्स क्लबमा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको जिम्बावेले ३२.२ ओभरमा सबै विकेट गुमाउँदै १६५ रन बनायो।
जिम्बावेका सेन विलियम्सले सर्वाधिक ५६ रन बनाए। उनले ५७ बलमा ६ चौका र १ छक्का प्रहार गरे। सिकन्दर राजाले ५१ बलमा ३ चौका र १ छक्का प्रहार गरे। उनीहरूबीच ८१ बलमा ६८ रनको साझेदारी बनेको थियो। यद्यपि, जिम्बावेका अन्य खेलाडीले राम्रो साझेदारी गर्न सकेनन्।
जिम्बावेका रायर्न बर्ल १६, क्रेग इर्भिन १४, ब्राड्ले एभान्स १४ र लुक जोङ्गवेले १० रन बनाए। अन्य कुनै ब्याटरले दोहोरो अंकमा रन बटुल्न सकेनन्।
श्रीलंकाका महिशा थिक्सानाले सर्वाधिक ४ विकेट लिए। उनले ८.२ ओभरमा १ मेडनसहित २५ रन खर्चिए। दिलशान मदुशंकाले ३, मथिशा पाथिरानाले २ र दसुन सनाकाले १ विकेट लिए। जितसँगै श्रीलंकाले सुपर सिक्समा ४ खेलबाट ८ अंक जोडेको छ। अन्तिम खेलमा वेस्ट इन्डिजसँग पराजित भएपनि श्रीलंका शीर्ष दुईमा रहेर विश्वकपमा पुग्ने छ। यता, जिम्बावे समान खेलमा ६ अंक बटुल्दै दोस्रो स्थानमा छ। जिम्बावेले अन्तिम खेल स्कटल्यान्डसँग खेल्ने छ।
| # | टिम | P | W | Pts |
|---|---|---|---|---|
| 1 |
Nepal Women |
3 | 2 | 6 |
| 2 |
Uzbekistan Women |
1 | 1 | 3 |
| 3 | 1 | 0 | 0 | |
| 4 |
Sri Lanka Women |
1 | 0 | 0 |