← समाचारमा फर्कनुस्
Cricket Jun 28, 2023 · Shishir

स्कटल्याण्डलाई हराउँदै श्रीलंका समूह विजेता

स्कटल्याण्डलाई हराउँदै श्रीलंका समूह विजेता

काठमाडौं । जिम्बावेमा जारी आइसीसी क्रिकेट विश्वकप छानेट अन्तर्गत श्रीलंकाले स्कटल्याण्डलाई हराएको छ । 

श्रीलंकाले दिएको २४६ रनको लक्ष्य पछ्याएको स्कटल्याण्डले २९ ओभरमा १६३ रन बनाउँदै अलआउट भयो । 

स्कटल्याण्डका लागि क्रिस ग्रीव्सले अविजित ५६ रन बनाएपनि टिमलाई जित दिलाउन सकेनन् । यस्तै क्रिस सोल १७ र क्रिस्टोफर म्याकब्राइडले १० रन बाहेक अन्य व्याट्म्यानले दोहोरो अंक जोड्न सकेनन् । 

यसअघि टस हारेर पहिले ब्याटिङ गरेको श्रीलंकाले ४९।३ ओभरमा २४५ रनमा आलआउट भएको थियो । श्रीलंकाका लागि पथुम निसानकाले ७५ रन बनाए । 

यस्तै हरिता असलंकाले ६३ रन बनाए । यस्तै सदीरा समरविक्रमा २६, धनञ्जय डि सिल्भा २३, महेष थेकसनले अविजित १६ र वानिन्दु हसरंगाले १२ रन बनाए । 

स्कटल्याण्डका लागि क्रिस ग्रीव्सले ४ विकेट लिए । यस्तै मार्क वाट ३, क्रिस सोल २ र अलस्डायर इभान्सले एक विकेट लिए । 

यो जितसँगै श्रीलंका समूहको शीर्ष स्थानमा रहँदै ४ खेलबाट ८ अंक बनाएको छ । यस्तै स्कटल्याण्ड पराजित भएपनि यसअघि नै सुपर सिक्सका लागि छनोट भइसकेको छ । 

समुह ‘ए’ बाट जिम्बावे, वेस्टइन्डिज र नेदरल्याण्डस सुपर सिक्समा पुगेका छन् भने नेपाल र अमेरिका बाहिरिएका छन् । त्यस्तै समुह ‘बि’ बाट श्रीलंका, स्कटल्याण्ड र ओमान सुपर सिक्समा पुगेका छन् ।

AFC Asian Cup Qualifier
#टिमPW Pts
1 Nepal Women Nepal Women 3 2 6
2 Uzbekistan Women Uzbekistan Women 1 1 3
3 Laos Women Laos Women 1 0 0
4 Sri Lanka Women Sri Lanka Women 1 0 0
🏆FIFA International Friendly
1 Thailand Women Thailand Women 1 3
2 Nepal Nepal 2 2
3 Hong Kong Hong Kong 1 1
4 Bangladesh Bangladesh 1 1
सबै समूह →