← समाचारमा फर्कनुस्
Football Sep 09, 2023 · Shishir

पिप्लडाँडा बन्यो श्रीकृष्ण कप च्याम्पियन माहाङकाललाई हराउँदै पिपलडाँडा श्रीकृष्ण

पिप्लडाँडा बन्यो श्रीकृष्ण कप च्याम्पियन   माहाङकाललाई हराउँदै पिपलडाँडा श्रीकृष्ण

सिन्धुपाल्चोक । पहिलो संस्करणको श्रीकृष्ण कप सेभेन 'ए' साइड नकआउट फुटबल प्रतियोगिताको उपाधि चौतारा साँगाचोकगढी नगरपालिका वडा नम्बर ६ पिपललडाँडाले जितेको छ।

चौतारा फुटबल क्लबको आयोजनामा शुक्रबार सम्पन्न भएको फाइनल खेलमा पिपलडाँडाले माहाङकाल भुमि तामाङ समाजलाई ३-१ गोल अन्तरले हराउँदै उपाधि जितेको हो।

पिपलडाँडालाई उपाधि दिलाउन युवराज ढकालले दुई र श्रीकृष्ण लामाले एक गोल गरे। यता माहाङकालको लागि नविन तामाङले पेनाल्टीमा एक सान्त्वना गोल गरे।

पहिलो हाफमै ३-० गोलले पछि परेको माहाङकालले खेलमा फर्कन निकै संघर्ष गरे पनि सफल हुन सकेन।

उपाधि सँगै पिपल्डाँडाले नगद ५५ हजार र उपविजेता माहाङकालले नगद २५ हजारमा चित्तबुझायो।

त्यसअघि पहिलो सेमिफाइनलमा माहाङकालले सुकेटेलाई ३-० गोलले हराउँदै फाइनलमा पुगेको थियो भने पिपल्डाँडाले धार्पा युवा क्लबलाई ३-२ गोल अन्तरले हराउँदै फाइनल यात्रा तय गरेको थियो।

प्रतियोगिताको उत्कृष्ट खेलाडी डिफेन्स महाङकालका रोमन श्रेष्ठ घोषित भए। उत्कृष्ट गोलरक्षक पिपल्डाँडाका नवीन शिल्वाल, उत्कृष्ट मिडफिल्डर महाङकालका राम ढकाल, सर्वाधिक गोल कर्ता महाङकालकै नविन तामाङ, उनले प्रतियोगिता भर ५ गोल गरेका थिए।

यस्तै पिपल्डाँडाका युवराज ढकाल प्रतियोगिताको उत्कृष्ट खेलाडी घोषित भए। यी सबै बिधाका खेलाडीले ट्रफी मेडल र प्रमाणपत्र प्राप्त गरे। 

यता प्रतियोगिताको प्यर प्लेयको उपाधि लिल्फुङ घले समाजले हात पार्यो। 

प्रतियोगिताको समापन समारोह चौतारा साँगाचोकगढी नगरपालिकाका उपप्रमुख सीता थापाले विजेता तथा उपविजेता सबै खेलाडीलाई ट्रफी मेलड र प्रमाणपत्र वितरण गर्नु भयो।

AFC Asian Cup Qualifier
#टिमPW Pts
1 Nepal Women Nepal Women 3 2 6
2 Uzbekistan Women Uzbekistan Women 1 1 3
3 Laos Women Laos Women 1 0 0
4 Sri Lanka Women Sri Lanka Women 1 0 0
🏆FIFA International Friendly
1 Thailand Women Thailand Women 1 3
2 Nepal Nepal 2 2
3 Hong Kong Hong Kong 1 1
4 Bangladesh Bangladesh 1 1
सबै समूह →