श्रीकृष्ण कप : क्वाटरफाइनल समिकरण पूरा

सिन्धुपाल्चोक । चौतारा फुटबल क्लबको आयोजनामा गत सोमबारबाट सुरु भएको पहिलो संस्करणको सेभेन ए साइड श्रीकृष्ण कप नकआउट फुटबलको क्वाटरफाइनल समिकरण पूरा भएको छ।
बुधबार ६ खेल भएसँगै क्वाटरफाइनल समिकरण पूरा भएको हो।
तेस्रो दिनको पहिलो खेलमा सुकेटेबीच गाइज्जले क्रेटिभ युथ क्लबलाई २-० गोलले पराजित गर्दै क्वाटफाइनलमा प्रवेश गरेको छ।
दोस्रो खेलमा माहाङकाल भुमि तामाङ समाजले रेटिना इन्जिनियरिङ्लाई १-० गोलले पराजित गर्यो।
तेस्रो खेलमा लिल्फुङ घले समाजले ह्यारे युथ क्ललाई २-१ गोलले पराजित गरेको थियो।
चौथो खेलमा खुदुनाबारी स्पोर्टिङले पिवाई ब्वाइजलाई ३-१ गोल अन्तरले पराजित गर्यो।
पाँचौं खेलमा धार्पा युथ क्लबले बोड गाँउ फुटबल क्लबलाई १-० गोलले पराजित गर्यो।
त्यस्तै दिनको अन्तिम रोयल बतासेले चौतारा टाइगरलाई २-० गोलले पराजित गर्दै क्वाटफाइनलमा प्रवेश गरेको छ।
क्वाटरफाइनलको चार खेल बिहिवार हुनेछ भने सेमिफाइनल र फाइनल खेल शुक्रबार हुनेछ।
जारी प्रतियोगिता सिन्धुपाल्चोक जिल्लाको सदरमुकाम चौतारा टुँडिखेलस्थित मिनि रंगशालामा आगामी २२ गतेसम्म सञ्चालन हुनेछ।
२५ टोली सहभागी रहेको यस प्रतियोगिताको विजेता नगद ५५ हजार, उपविजेता २५ हाजर ट्रफी मेडल प्राप्त गर्ने छ।
| # | टिम | P | W | Pts |
|---|---|---|---|---|
| 1 |
Nepal Women |
3 | 2 | 6 |
| 2 |
Uzbekistan Women |
1 | 1 | 3 |
| 3 | 1 | 0 | 0 | |
| 4 |
Sri Lanka Women |
1 | 0 | 0 |