← समाचारमा फर्कनुस्
Cricket May 12, 2023 · Shishir

विश्वकप छनोटअघि नेपालले दक्षिण अफ्रिका भ्रमण गर्ने

विश्वकप छनोटअघि नेपालले दक्षिण अफ्रिका भ्रमण गर्ने

काठमाडौ- जिम्बावेमा आगामी जुन-जुलाईमा हुने आइसिसी क्रिकेट विश्वकप छनोट प्रतियोगिताको अन्तिम तयारी नेपालले दक्षिण अफ्रिकामा गर्ने प्रक्रिया अघाडी बढाएको छ।

नेपाली टिम मे अन्तिम साता दक्षिण अफ्रिका जाने तयारीमा छ। दक्षिण अफ्रिकामा दश दिन बसेपछि नेपाली टिम प्रतियोगिता सुरु हुनुभन्दा एक साताअघि उतैबाट जिम्बावे पुग्नेछ।

विश्वकप छनोटमा पुगेका १० टिमलाई सुरुमा दुई समूहमा विभाजन गरिनेछ। पाँच-पाँच टिमको दुई समूहका लिग खेलपछि सुपर सिक्स हुनेछ। सुपर सिक्समा दुवै समूहका शीर्ष तीन-तीन टिम पुग्नेछन्।

विश्वकप छनोटमा सहभागी हुने टिमहरूमा वेस्ट इन्डिज, श्रीलंका, जिम्बावे (आयोजक), आयरल्याण्ड, नेदरल्याण्ड्स, स्कटल्याण्ड, ओमान, नेपाल, अमेरिका र युएई रहेको छन्।

AFC Asian Cup Qualifier
#टिमPW Pts
1 Nepal Women Nepal Women 3 2 6
2 Uzbekistan Women Uzbekistan Women 1 1 3
3 Laos Women Laos Women 1 0 0
4 Sri Lanka Women Sri Lanka Women 1 0 0
🏆FIFA International Friendly
1 Thailand Women Thailand Women 1 3
2 Nepal Nepal 2 2
3 Hong Kong Hong Kong 1 1
4 Bangladesh Bangladesh 1 1
सबै समूह →