← समाचारमा फर्कनुस्
Football Sep 18, 2023 · Nepalsports

मालिकादेवी कप असोज अन्तिमदेखि, विजेतालाई १ लाख ११ हजार पुरस्कार

मालिकादेवी कप असोज अन्तिमदेखि, विजेतालाई १ लाख ११ हजार पुरस्कार

चौतारा । तेस्रो संस्करणको मालिकादेवी नकआउट सेभेन 'ए' साइड नगर कप फुटबल प्रतियोगिता असोज अन्तिम साताबाट शुरू हुने भएको छ। मेलचौर युवा जागरण समाजको आयोजनामा हुने प्रतियोगिता असोज २७ गतेदेखिबाट शुरू हुन लागेको हो। 

प्रतियोगितामा देशभरकै आधिकारिक रुपमा दर्ता भएका फुटबल क्लबहरू सहभागी हुन पाउने आयोजकले जनाएका छन्। आयोजकका अनुसार प्रतियोगिताको विजेताले १ लाख ११ हजार १११ ट्रफी, मेडल र प्रमाणपत्र तथा उपविजेता टोलीले ६६ हजार ६६६ ट्रफी, मेडल र प्रमाणपत्र पाउनेछन्।

प्रतियोगितामा उत्कृष्ट खेलाडी, स्ट्राइकर, गोलरक्षक, डिफेन्डर, मिडफिल्डर, प्रशिक्षक र प्रत्येक खेलको म्यान अफ दी म्याचलाई ट्रफीसहित नगद पुरस्कारको व्यवस्था रहेको आयोजकले जनाएको छ। साथै टिम फ्यर प्लेयलाई अवार्ड पनि रहेको छ।

पहिलो संस्करणको विजेता सुनौलो विहानी अभियानले जितेको थियो। त्यस संस्करणको पुरस्कार राशी ५० हजार रहेको थियो भने दोस्रो संस्करणको उपाधि ८० हजार अधेरी युथ क्लब बलेफीले जितेको थियो। 

यस्तै, तेस्रो संस्करणमा अघिल्लो संस्करणको तुलनामा पुरस्कार राशीमा ३१ हजार बढाएको आयोजकले जनाएको छ।

प्रतियोगितामा सहभागी टोलीले आगामी असोज २४ गतेसम्म टिम दर्ता गर्न सक्ने छन्। टिम दर्ता शुल्क ५ हजार लाग्ने पनि आयोजकले जनाएको छ।

प्रतियोगिताका सबै खेलहरू चौतारा साँगाचोकगढी नगरपालिका-७ मेलचौर दरबारडाँडा खेल मैदानमा हुनेछ। हरेक खेलको प्रत्यक्ष प्रसारण क्लिक स्पोर्ट्स नेपालको आधिकारिक फेसबुक पेज र युट्युब च्यानलमार्फत् हुनेछ।

AFC Asian Cup Qualifier
#टिमPW Pts
1 Nepal Women Nepal Women 3 2 6
2 Uzbekistan Women Uzbekistan Women 1 1 3
3 Laos Women Laos Women 1 0 0
4 Sri Lanka Women Sri Lanka Women 1 0 0
🏆FIFA International Friendly
1 Thailand Women Thailand Women 1 3
2 Nepal Nepal 2 2
3 Hong Kong Hong Kong 1 1
4 Bangladesh Bangladesh 1 1
सबै समूह →