← समाचारमा फर्कनुस्
Football Sep 05, 2023 · Aashish

श्रीकृष्ण कप : दोस्रो दिन ६ खेल सम्पन्न

श्रीकृष्ण कप : दोस्रो दिन ६ खेल सम्पन्न

सिन्धुपाल्चोक । चौतारा स्पोटिङ्ग क्लबको आयोजनामा सोमबारबाट सुरु भएको पहिलो संस्करणको सेभेन ए साइड श्रीकृष्ण कप नकआउट फुटबलमा मंगलबार ६ खेल सम्पन्न भएको छ।

दोस्रो दिनको पहिलो खेलमा लिल्फुङ घले समाजले अखिल नेपाल पोखरेलाई सडन डेथमा ४-३ गोल अन्तरले पराजित गरेको थियो। निर्धारित समय १-१ गोलको बराबरीमा सकिएको थियो।

दोस्रो खेलमा पिवाई ब्वाइजले फायर एफसीलाई पेनाल्टीमा ४-२ गोल अन्तरले पराजित गरेको हो। त्यसअघि निर्धारित समय १-१ गोलको बराबरीमा सकिएको थियो। 

तेस्रो खेलमा रोयल बतासेले सिपाटार युथ क्लबलाई १-० गोल अन्तरले पराजित गर्यो। 

चौथो खेलमा माहाङकाल भुमिले स्याउले एफसीलाई ३-० गोलले पराजित गरेको थियो।। 

पाँचौं खेलमा चौतारा सांगाचोकगढी नगरपालिका वडा नम्बर ६ पिपलडाँडाले सिन्धुपाल्चोक जिल्ला पुलिसल टीमलाई पेनाल्टीमा ४-२ गोलले पराजित गर्यो। त्यसअघि निर्धारित समय गोलरहित बराबरी सकिएको थियो।

यस्तै, दिनको अन्तिम खेलमा एलबीआर युथ क्लबले रोयल फेमेलिलाई १-० गोल अन्तरले पराजित गर्दै अघिल्लो चरणमा प्रवेश गरेको छ।

जारी प्रतियोगिता सिन्धुपाल्चोक जिल्ला सदरमुकाम चौतारा टुँडिखेलस्थित मिनि रंगशालामा आगामी २२ गतेसम्म सञ्चालन हुनेछ।

२५ टोली सहभागी रहेको यस प्रतियोगिताको विजेता नगद ५५ हजार, उपविजेता २५ हाजर ट्रफी मेडल प्राप्त गर्ने छ।

AFC Asian Cup Qualifier
#टिमPW Pts
1 Nepal Women Nepal Women 3 2 6
2 Uzbekistan Women Uzbekistan Women 1 1 3
3 Laos Women Laos Women 1 0 0
4 Sri Lanka Women Sri Lanka Women 1 0 0
🏆FIFA International Friendly
1 Thailand Women Thailand Women 1 3
2 Nepal Nepal 2 2
3 Hong Kong Hong Kong 1 1
4 Bangladesh Bangladesh 1 1
सबै समूह →