← समाचारमा फर्कनुस्
Cricket Jul 05, 2023 · Shishir

स्कटल्यान्ड एक दिवसीय विश्वकप नजिक

स्कटल्यान्ड एक दिवसीय विश्वकप नजिक

स्कटल्यान्ड एक दिवसीय विश्वकपनजिक पुगेको छ। मंगलबार घरेलु टोली जिम्बावेलाई ‘सुपर सिक्स’मा ३१ रनले पराजित गरेसँगै स्कटल्यान्ड विश्वकपनजिक पुगेको हो।

स्कटल्यान्डले दिएको २३५ रनको लक्ष्य पछ्याएको जिम्बावेले ४१.१ ओभरमा सबै विकेट गुमाउँदै २०३ रन मात्रै बनाउन सक्यो।

जिम्बावेका रायर्न बर्लले सर्वाधिक ८३ रन प्रहार गरे। उनले ८४ बलमा ८ चौका १ छक्का प्रहार गरे। वेस्ले माधेभेरेले ४०, सिकन्दर राजाले ३४, इन्नोसेन्ट काया तथा सेन विलियम्सले १२/१२ रन बनाए।

जिम्बावेका अन्य ब्याटरले भने दोहोरो अंकमा रन बटुल्न सकेनन्। स्कटल्यान्डका क्रिस सोलेले सर्वाधिक ३ विकेट लिए।

ब्रान्डन म्याकमुलेन र माइकल लिस्कले २/२ विकेट लिए। यस्तै, मार्क वाट, क्रिस ग्रिभ्स र साफ्यान सरिफको नाममा १/१ विकेट रह्यो।

त्यसअघि क्विन्स स्पोर्ट्स क्लबमा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको स्कटल्यान्डले निर्धारित ५० ओभरमा ८ विकेट गुमाउँदै २३४ रन बनायो।

स्कटल्यान्डका माइकल लिस्कले सर्वाधिक ४८ रन बनाए। उनले ३४ बलमा ३ चौका र २ छक्का प्रहार गरे। म्याथ्यु क्रस ३८, ब्रान्डन म्याकमुलेन ३४, जर्ज मुन्से ३१, क्रिस्टोफर म्याकब्राइड २८ र थोमस म्याकिन्तोस १३ रनमा आउट भए। यस्तै, मार्क वाट २१ र साफ्यान सरिफ ५ रनमा अविजित रहे।

जिम्बावेका सेन विलियम्सले सर्वाधिक ३ विकेट लिए। तेन्डाई चतराले २ र रिचर्ड नागराभाले १ विकेट लिए।

स्कटल्यान्डले सुपर सिक्सको अन्तिम खेल नेदरल्यान्ड्ससँग बिहीबार खेल्ने छ। उक्त खेलमा विजयी भए स्कटल्यान्ड सोझै विश्वकपमा पुग्नेछ। यदि, पराजित भए नेटनरेटमा माथि रहने टोली विश्वकपमा पुग्नेछ।स्कटल्यान्डको ४ खेलबाट ३ जितसहित ६ अंक रहेको छ। उसको नेटरननेट ०.२९६ रहेको छ। जिम्बावेको पनि समान अंक रहेको छ। तर, जिम्बावेको नेटरननेट माइनस ०.०९९ रहेको छ।

यता, एक खेल खेल्न बाँकी नेदरल्यान्ड्सको ४ खेलमा २ जितसहित ४ अंक छ। नेदरल्यान्ड्सको नेटरनरेट माइनस ०.०४२ छ।

AFC Asian Cup Qualifier
#टिमPW Pts
1 Nepal Women Nepal Women 3 2 6
2 Uzbekistan Women Uzbekistan Women 1 1 3
3 Laos Women Laos Women 1 0 0
4 Sri Lanka Women Sri Lanka Women 1 0 0
🏆FIFA International Friendly
1 Thailand Women Thailand Women 1 3
2 Nepal Nepal 2 2
3 Hong Kong Hong Kong 1 1
4 Bangladesh Bangladesh 1 1
सबै समूह →