← समाचारमा फर्कनुस्
एसीसी कपमा साउदीविरुद्ध मुलपानिमा डेब्यु गर्दै नेपाल

काठमाडौ- एसीसी प्रिमियर कपमा नेपालले आज साउदी अरबिया विरुद्ध खेल्दैछ।
घरेलु मुलपानि मैदानमा नेपालले आज बिहान ९ बजेबाट सुरु हुने खेलमा डेब्यु गर्दैछ।
केहि समय अघि मात्रै निर्माण समपन्न भएर सन्चालनमा ल्याइएको यस मैदानमा नेपाल लगातार तेस्रो जितको खोजिमा रहेको छ।
आजको खेल जिते समूह ए मा रहेको नेपाल एक खेल बाँकी रहँदै सेमिफाइनलमा प्रवेश गर्नेछ।
यसअघि नेपालले पहिलो खेलमा मलेसिया र दोस्रो खेलमा ओमानलाई पराजित गरेको थियो।
१० टोलि सम्मिलित प्रतियोगिताको समूह 'ए' मा आयोजक नेपाल सहित मलेसिया,साउदी अरेबिया, कतार र ओमान रहेदा समूह 'बी' मा बहराइन,कुवेत,सिंगापुर,हङकङ र युएई रहेका छन् ।

नेपाली टिमः
रोहित पौडेल (कप्तान), कुशल भुर्तेल, आसिफ शेख, कुशल मल्ल, आरिफ शेख, सोमपाल कामी, दीपेन्द्रसिंह ऐरी, करण केसी, सन्दीप लामिछाने, भीम सार्की, र ललित राजवंशी ।
AFC Asian Cup Qualifier
| # | टिम | P | W | Pts |
|---|---|---|---|---|
| 1 |
Nepal Women |
3 | 2 | 6 |
| 2 |
Uzbekistan Women |
1 | 1 | 3 |
| 3 | 1 | 0 | 0 | |
| 4 |
Sri Lanka Women |
1 | 0 | 0 |