← समाचारमा फर्कनुस्
Cricket Jun 22, 2023 · Shishir

सप्तरी प्रिमियर लिग : खडक वारियर्स र छिन्नमस्ता लायन्स विजयी

सप्तरी प्रिमियर लिग : खडक वारियर्स र छिन्नमस्ता लायन्स विजयी

सप्तरीको राजविराजमा जारि सप्तरी प्रिमियर लिग अन्तर्गत पाँचौ दिन सम्पन्न दुई खेलमा बजाज खडक वारियर्स र छिन्नमस्ता लायन विजयी भएका छन्। 

दिनको खेलमा बजाज खडक वारियर्सले बलान बिहुल सुपर किंग्सलाई १ विकेटले पराजित गरेको छ।

पब्लिक विन्देश्वरी मैदानमा सम्पन्न खेलमा बलान बिहुलले दिएको १४४ रनको लक्ष्य खडक वारियर्सले २ बल बाँकी हुँदा ९ विकेट गुमाएर पुरा गर्यो।

बजाज खडक वारियर्सको ब्याटिंगमा तेश्रो नम्बरमा ब्याटिंग गरेका सन्दिप रजालीले सर्वाधिक ८१ रन बनाए। प्लेयर अफ द म्याच घोषित उनले ४३ बलमा ७ चौका र ६ छक्का प्रहार गरे। साहिल पटेल र अनिल यादवले समान १२ रन बनाए। दशौँ विकेटको लागि अनिल यादव र गोमानन्द अमात्य बीच २१ रनको अविजित साझेदारी हुँदा बलान बिहुल जितबाट बन्चित रह्यो।

बलान बिहुलको बलिंगमा रोबिन सिंहले ३ तथा रुपेश सिंह र बसिर अहमदले २/२ विकेट लिएता पनि जित्न पर्याप्त रहेन।

यस अघि टस हारेर ब्याटिंग गरेको बलान बिहुलले निर्धारित २० ओभरमा ९ विकेट क्षेतीमा १४३ रन बनायो। उसको लागि बिसाल यादवले २४, कप्तान पवन सर्राफले २२, रोबिन सिंहले १५ तथा हसिम अन्सारीले १४ रन बनाए। खडक वारियर्सका बलर बिबेक यादवले ३ तथा अनिल खरेल र गोमानन्द अमात्यले १/१ विकेट लिए।

दिनको दोश्रो खेलमा छिन्नमस्ता लायनले कन्चनरुप राइनोजलाई २५ रनले पराजित गर्यो। 

छिन्नमस्ताले दिएको १४४ रनको लक्ष्य पछ्याएको कन्चनरुपले १८.४ ओभरमा ११८ रनमा सबै विकेट गुमायो। कन्चनरुपको लागि अमित यादवले ३९ तथा पप्पु यादवले २६ रन बनाए। छिन्नमस्ताका बलर इमरान शेखले ४ विकेट तथा कमल खत्रीले ३ विकेट लिए। प्लेयर अफ द म्याच घोषित शेखले ४ ओभरमा २१ रन खर्चिए। पप्पु यादव, शरद भेसावकर र रेवती रोयले १/१ विकेट लिए। 

यस अघि टस हारेर ब्याटिंग गरेको छिन्नमस्ता लायन्सले निर्धारित २० ओभरमा ८ विकेट क्षेतीमा १४३ रन बनायो। उसको लागि शुभ कंसाकार र हिमांशु दत्ताले समान ३५ रन बनाए। पप्पु यादवले १७ तथा राहुल मण्डलले १५ रन बनाए। कन्चनरुप राइनोजका बलर पप्पु यादवले ३ तथा राशिद खानले २ विकेट लिए। 

तिन वटै खेलमा शत प्रतिशत जितपछि बजाज खडक वारियर्स ६ अंक सहित अंकतालिकाको शिर्षमा छ। यस्तै ३ खेलमा दोश्रो जित पछि छिन्नमस्ता ४ अंक सहित दोश्रो स्थानमा छ। समान नतिजा र अंक सहित रुपनी राइडर्स नेट रन रेटको आधारमा तेश्रो स्थानमा छ। तेश्रो खेल खेल्दा दोश्रो हार पछि कन्चनरुप २ अंक सहित चौथो र समान नतिजा र अंक रहेको बलान बिहुल पाँचौ स्थानमा छ। सबै तिन खेलमा हार बेहोरेको राजविराज द किंग पुछारमा छ। 

प्रतियोगिता अन्तर्गत छैठौं दिन शुक्रबार पनि दुई खेल हुनेछन्। विहान ९ बजे सुरु हुने पहिलो खेलमा छिन्नमस्ता लायन्स र रुपनी राइडर्स तथा दिउँसो १ बजे सुरु हुने दोश्रो खेलमा बलान बिहुल सुपर किंग्स र राजविराज द किंग प्रतिस्पर्धा गर्नेछन्। 

सप्तरी क्रिकेट संघद्वारा आयोजित प्रतियोगितामा ६ फ़्रेन्चाइज् टोलिको सहभागिता छ।

AFC Asian Cup Qualifier
#टिमPW Pts
1 Nepal Women Nepal Women 3 2 6
2 Uzbekistan Women Uzbekistan Women 1 1 3
3 Laos Women Laos Women 1 0 0
4 Sri Lanka Women Sri Lanka Women 1 0 0
🏆FIFA International Friendly
1 Thailand Women Thailand Women 1 3
2 Nepal Nepal 2 2
3 Hong Kong Hong Kong 1 1
4 Bangladesh Bangladesh 1 1
सबै समूह →