सप्तरी प्रिमियर लिग : बजाज खडक वारियर्स फाइनलमा

सप्तरीको राजविराजमा जारि सप्तरी प्रिमियर लिग अन्तर्गत सातौँ दिन सम्पन्न दुई वटा खेलमा कन्चनरुप राइनोज र बजाज खडक वारियर्स विजयी भएका छन्। लगातार चौंथो खेलमा जितपछि बजाज खडक वारियर्सले एक खेल अगावै फाइनलमा स्थान पक्का गरेको छ।
दिनको पहिलो खेलमा कन्चनरुप राइनोजले राजविराज द किंगलाई पराजित गर्दै फाइनल पुग्ने सम्भावना जिवितै राखेको छ।
दिनको पहिलो खेलमा कन्चनरुप राइनोजले राजविराज द किंगलाई ९ विकेटले पराजित गर्यो। राजविराजले दिएको ८६ रनको लक्ष्य कन्चनरुपले ६.३ ओभरमा १ विकेट क्षेतीमा पुरा गर्यो।
कन्चनरुपको जितमा तेश्रो नम्बरमा ब्याटिंग गरेका नारायण जोशीले आक्रामक अर्धशतक बनाए। जोशीले मात्र १८ बलमा १ चौका र ७ छक्का मद्दतले ५० रन बनाए। यस्तै दिलिप नाथले अविजित २४ तथा राकेश कामतले १४ रन बनाए। दोश्रो विकेटको लागि नारायण र दिलिपले ७५ रनको साझेदारी गरे।
टस हारेर ब्याटिंग गरेको राजविराज द किंगले निर्धारित ११ ओभरमा ८ विकेट क्षेतीमा ८५ रन बनायो। वर्षाका कारण खेल ढिला सुरु भएपछि ओभर घटाएर खेलाइएको थियो।
राजविराजको ब्याटिंगमा ओपनर सन्तोष कार्कीले सर्वाधिक ३० रन बनाए भने प्रतिक श्रेष्ठले १८ तथा अभिषेक कार्कीले अविजित १५ रन बनाए।
प्लेयर अफ द म्याच समेत घोषित कन्चनरुपका तिब्र गति बलर राशिद खानले ४ विकेट लिए जुन क्रममा ३ ओभर बलिंग गर्दै १० रन मात्र खर्चिए। सुमित श्रेष्ठले २ तथा चित्र बिस्टले १ विकेट लिए।
दिनको दोश्रो खेलमा बजाज खडक वारियर्सले रुपनी राइडर्सलाई ६७ रनले पराजित गर्यो। वारियर्सले दिएको १७४ रनको लक्ष्य पछ्याएको रुपनीले १६.३ ओभरमा १०६ रन बनाउदा सबै विकेट गुमायो।
रुपनीको ब्याटिंगमा अरनिको यादवले २८ बलमा ४० रन बनाएता पनि जित्न पर्याप्त रहेन। वारियर्सकोक बलिंगमा अनिल यादव र कप्तान बिबेक यादवले समान ३ विकेट तथा दिनेश अधिकारी र बिशाल सुश्लिंगले २/२ विकेट लिए।
यस अघि टस हारेर ब्याटिंग गरेको बजाज खडक वारियर्सले निर्धारित २० ओभरमा ७ विकेट क्षेतीमा १७३ रन बनाएको थियो।
खडक वारियर्सको लागि प्लेयर अफ द म्याच समेत घोषित बिशाल सुश्लिंगले सर्वाधिक ६६ रन बनाए जुन क्रममा ३१ बलमा ३ चौका र ७ छक्का प्रहार गरे। निरज यादवले ४१ तथा सन्दिप रजालीले ३० रन बनाए। पाँचौ विकेटको लागि बिशाल र निरजले १०९ रनको साझेदारी गरेका थिए। रुपनीको बलिंगमा जितेन्द्र मुखियाले २ तथा फिर्दोश अन्सारी, अनिल शाह, अरनिको यादव र अशोक मेहताले १/१ विकेट लिए।
लगातार चौंथो जित पछि एक खेल अगावै फाइनलमा स्थान पक्का गरेको बजाज खडक वारियर्सको ८ अंक छ। हार पछि रुपनी राइडर्स सबै ५ खेल खेल्दा ३ जित र २ हार बेहोर्दै दोश्रो स्थानमा छ। शिर्ष-२ मा रहँदै फाइनल पुग्न रुपनीले अन्य टिमको नतिजामा भर पर्नु पर्नेछ। चौंथो खेल खेल्दा दोश्रो जित दर्ता गरेको कन्चनरुप राइनोज ४ अंक सहित तेश्रो स्थानमा उक्लेको छ। अन्तिम तथा पाँचौ खेलमा हारसंगै डिफेन्डिङ च्याम्पियन राजविराज द किंग प्रतियोगिताबाट बाहिर भएको छ। बलान बिहुल सुपर किंग्स र छिन्मस्ता लायन्स १/१ खेल खेल्न बाँकी हुँदा समान ४ अंक सहित चौंथो र पाँचौ स्थानमा छ।
सप्तरी क्रिकेट संघ द्वारा आयोजित प्रतियोगिता अन्तर्गत आइतबार लिग चरणको अन्तिम २ खेल हुनेछन्। विहान ९ बजे सुरु हुने पहिलो खेलमा बलान बिहुल सुपर किंग्स र छिन्नमस्ता लायन्स तथा दिउँसो १ बजे सुरु हुने दोश्रो खेलमा कन्चनरुप राइनोज र बजाज खडक वारियर्स प्रतिस्पर्धा गर्नेछन्।
| # | टिम | P | W | Pts |
|---|---|---|---|---|
| 1 |
Nepal Women |
3 | 2 | 6 |
| 2 |
Uzbekistan Women |
1 | 1 | 3 |
| 3 | 1 | 0 | 0 | |
| 4 |
Sri Lanka Women |
1 | 0 | 0 |