← समाचारमा फर्कनुस्
Cricket Jun 25, 2023 · Shishir

कन्चनरुप राइनोज र बजाज खडक वारियर्स सप्तरी प्रिमियर लिगको फाइनलमा

कन्चनरुप राइनोज र बजाज खडक वारियर्स सप्तरी प्रिमियर लिगको फाइनलमा

कन्चनरुप राइनोज सप्तरीको राजविराजमा जारि सप्तरी प्रिमियर लिगको पाँचौ संस्करणको फाइनल पुगेको छ। उपाधिको लागि उसले यस अघिनै फाइनलमा स्थान पक्का गरिसकेको बजाज खडक वारियर्ससंग सोमबार प्रतिस्पर्धा गर्नेछ। 

लिग चरणको सम्पूर्ण खेलहरु समाप्त हुँदा बजाज खडक वारियर्स ५ खेलमा ४ जित पछि ८ अंक सहित शिर्ष स्थानमा रह्यो। कन्चनरुप राइनोज, छिन्नमस्ता लायन्स र रुपनी राइडर्सको समान ६ अंक रहेता पनि नेट रन रेटमा अघि रहँदै कन्चनरुप फाइनल प्रवेश गर्यो। छिन्नमस्ता तेश्रो, रुपनी राइडर्स चौंथो स्थानमा रह्यो। बलान बिहुल ४ अंक सहित पाँचौ स्थानमा रहंदा डिफेन्डिङ च्याम्पियन राजविराज द किंग जितविहिन रहँदै पुछारमा रह्यो।  

पब्लिक विन्देश्वरी क्रिकेट मैदानमा आइतबार सम्पन्न जित्नै पर्ने खेलमा कन्चनरुप राइनोजले बजाज खडक वारियर्सलाई ३ विकेटले पराजित गर्यो। लिगको अन्तिम खेलमा वारियर्सले दिएको ६३ रनको लक्ष्य राइनोजले ७ विकेट गुमाउदै १२.१ ओभरमा पुरा गर्यो। 

कन्चनरुपको ब्याटिंगमा राशिद खानले सर्वाधिक ३२ रन योगदान दिए जुन क्रममा उनले २५ बलमा १ चौका र ३ छक्का प्रहार गरे। खराब सुरुवात गरेको राइनोजले २१ रन बनाउदा ६ विकेट गुमाएको थियो। उक्त अवस्थामा आठौँ नम्बरमा ब्याटिंग गर्दै राशिदले टिमलाई जितसम्म पुर्याए। वारियर्सका बलर दिनेश अधिकारीले ४ विकेट लिएता पनि जित्न पर्याप्त रहेन। 

यस अघि टस हारेर ब्याटिंग गरेको बजाज खडक वारियर्सले १४.३ ओभरमा ६२ रनमा सबै विकेट गुमायो। वारियर्सको लागि बिशाल सुश्लिंगले सर्वाधिक २४ रन बनाए। कन्चनरुपको बलिंगमा प्लेयर अफ द म्याच घोषित राशिद खानले ४ विकेट लिए जुन क्रममा ४ ओभरमा मात्र १२ रन खर्चिए। पप्पु यादवले २ तथा चित्र बिस्ट, नारायण जोशी र सुमित श्रेष्ठले १/१ विकेट लिए।

आइतबारनै सम्पन्न पहिलो खेलमा छिन्नमस्ता लायन्सले बलान बिहुल सुपर किंग्सलाई २६ रनले पराजित गर्यो। १२५ रनको लक्ष्य पछ्याउने क्रममा बलान बिहुलले १६.४ ओभरमा ९८ रनमा सबै विकेट गुमायो।

बलान बिहुलको लागि कप्तान पवन सर्राफले सर्वाधिक २५ रन योगदान दिए। छिन्नमस्ताका बलर नितेश यादवले सर्वाधिक ३ विकेट लिए जुन क्रममा ४ ओभरमा १९ रन खर्चिए। यादव प्लेयर अफ द म्याच समेत घोषित भए। यस्तै रेवती रे र पप्पु यादवले २/२ तथा कमल खत्री र शरद भेसावकरले १/१ विकेट लिए।

यस अघि टस हारेर ब्याटिंग गरेको छिन्नमस्ता लायन्सले निर्धारित २० ओभरमा ८ विकेट क्षेतीमा १२४ रन बनायो। उसको लागि कप्तान शरद भेसावकरले सर्वाधिक ४७ रन बनाए जुन क्रममा उनले अविजित रहँदै ४३ बलमा ५ चौका र १ छक्का प्रहार गरे। शुभ कंसाकारले २० तथा राहुल मण्डलले १४ रन बनाए। बलान बिहुलका बलर रुपेश सिंह र रोबिन सिंहले २/२ तथा बसिर अहमद, पवन सर्राफ र विकास दासले १/१ विकेट लिए।

सप्तरी क्रिकेट संघद्वारा आयोजित प्रतियोगिताको विजेताले तिन लाख रुपैयाँ, उपविजेताले एक लाख पचास हजार रुपैयाँ प्राप्त गर्नेछ। यस्तै प्लेयर अफ द सिरिजले २५ हजार रुपैयाँ, उत्कृस्ट ब्याटर र बलरले १५ हजार रुपैयाँ तथा उदयमान खेलाडीले क्रिकेट किट प्राप्त गर्ने संघका अध्यक्ष आयुष श्रेष्ठले जानकारी गराए। 

AFC Asian Cup Qualifier
#टिमPW Pts
1 Nepal Women Nepal Women 3 2 6
2 Uzbekistan Women Uzbekistan Women 1 1 3
3 Laos Women Laos Women 1 0 0
4 Sri Lanka Women Sri Lanka Women 1 0 0
🏆FIFA International Friendly
1 Thailand Women Thailand Women 1 3
2 Nepal Nepal 2 2
3 Hong Kong Hong Kong 1 1
4 Bangladesh Bangladesh 1 1
सबै समूह →