← समाचारमा फर्कनुस्
सन्दीपविरुद्धको मुद्दामा क्षतिपूर्ति उपलब्ध गराउन आदेश

काठमाडौं–जिल्ला अदालत काठमाडौंले क्रिकेटर सन्दीप लामिछानेविरुद्ध मुद्दा दायर गर्ने कशोरीलाई अन्तरिम क्षतिपूर्ति उपलब्ध गराउन आदेश जारी गरेको छ।
जिल्ला अदालतका न्यायाधीश प्रकाशप्रसाद पण्डितको सोमबारको एकल इजलासले पीडित राहत कोषबाट पीडित किशोरीलाई अन्तरिम राहतस्वरुप उपचार खर्च दिन आदेश दिएको हो।
किशोरीको मागअनुसार सरकारी कोषबाट क्षतिपूर्ति दिलाउन आदेशमा भनिएको छ।
पीडित किशोरीको तर्फबाट स्वास्थ्योपचार खर्च, मनोपरामर्शदातासँगको सुझावलगायत विषयको खर्च देखाउँदै क्षतिपूर्ति उपलब्ध गराउन माग भएको थियो।
अदालतले पीडितले मागेभन्दा बढी क्षतिपूर्ति भराउन आदेश दिएको हो।
हाल अदालतले आदेश दिएको अन्तरिम क्षतिपूर्ति सरकारी कोषबाट भराउनुपर्ने हुन्छ। आरोपित सन्दीपका कानुन व्यवसायीले भने पीडित किशोरीलाई उपचार खर्च दिने निवेदनको प्रतिवादमा बहस गर्दै आएका थिए।
AFC Asian Cup Qualifier
| # | टिम | P | W | Pts |
|---|---|---|---|---|
| 1 |
Nepal Women |
3 | 2 | 6 |
| 2 |
Uzbekistan Women |
1 | 1 | 3 |
| 3 | 1 | 0 | 0 | |
| 4 |
Sri Lanka Women |
1 | 0 | 0 |