← समाचारमा फर्कनुस्
Cricket Apr 27, 2023 · Shishir

सन्दीप चम्किदा नेपालको शानदार जीत

सन्दीप चम्किदा नेपालको शानदार जीत

काठमाडौ- एसिसी प्रिमियर कपमा नेपाली स्टार स्पिनर सन्दीप लामिछाने चम्किदा नेपालले कतारलाई पराजित गरेको छ।

कमजोर ब्याटिङ गरेको नेपालले दोस्रो पारीमा बलियो बलिङ गर्दै ६८ रनको जित निकालेको हो।

जितका लागी १५८ रनको लक्ष्य पछ्याएको कतार २५ ओभरमा ८९ रनमा अलआउट भएपछि नेपाल विजयी बनेको हो। 

कतारका लागि जाहीर इब्राहिम र खुराम शाहजाडले १५-१५ रन बनाए भने अमिर फारुकले १४ रन बनाएका थिए । कतारका अन्य ब्याट्सम्यानले दोहोरो अंकमा रन बनाउन सकेनन् ।  

नेपालका लागी सन्दीप लामिछानेले सर्बाधिक ५ विकेट लिदा सोमपाल कामीले ३ र ललित राजबंशीले २ विकेट लिए ।

नेपाली टिमः 

रोहित पौडेल (कप्तान), कुशल भुर्तेल, आसिफ शेख, कुशल मल्ल, आरिफ शेख, सोमपाल कामी, दीपेन्द्रसिंह ऐरी, गुलशन झा, सन्दीप लामिछाने, भीम सार्की, र ललित राजवंशी ।


AFC Asian Cup Qualifier
#टिमPW Pts
1 Nepal Women Nepal Women 3 2 6
2 Uzbekistan Women Uzbekistan Women 1 1 3
3 Laos Women Laos Women 1 0 0
4 Sri Lanka Women Sri Lanka Women 1 0 0
🏆FIFA International Friendly
1 Thailand Women Thailand Women 1 3
2 Nepal Nepal 2 2
3 Hong Kong Hong Kong 1 1
4 Bangladesh Bangladesh 1 1
सबै समूह →