← समाचारमा फर्कनुस्
Top Headlines Aug 17, 2023 · Shishir

आजदेखि सन्दीपविरुद्धको मुद्दामा निरन्तर सुनुवाइ

आजदेखि सन्दीपविरुद्धको मुद्दामा निरन्तर सुनुवाइ

काठमाडौं– क्रिकेटर सन्दीप लामिछानेविरुद्धको मुद्दामा आजदेखि निरन्तर सुनुवाइ हुने भएको छ।

नाबालिग बलात्कारको आरोप लागेका सर्वोच्च अदालतले गत १५ फागुनमा फास्ट ट्रयाकबाट सन्दीपविरुद्धको मुद्दा किनारा लगाउन आदेश दिएको थियो। तर पटक–पटक सुनुवाइका लागि पेशी चढे पनि स्थगित हुँदै आएको छ।

सन्दीपविरुद्धको मुद्दाको सुनुवाइ काठमाडौं जिल्ला अदालतका न्यायाधीश राजुकुमार खतिवडाको इजलासमा परेको छ। सन्दीप विश्वकप छनोट खेल्न जिम्बाबे गएपछि  केही समय रोकिए पनि फर्किएलगत्तै सुनुवाइ सुरु हुन लागेको हो। 

राष्ट्रिय क्रिकेट टिमका पूर्वकप्तानसमेत रहेका सन्दीपविरुद्ध गत वर्षको २१ भदौमा एक किशोरीले आफूमाथि जबर्जस्ती करणी गरेको दाबीसहित गौशाला प्रहरी वृत्तमा जाहेरी दिएकी थिइन्।

प्रहरीमा जाहेरी दर्ता हुँदा सन्दीप क्यारेबियन प्रिमियर लिग खेल्न वेस्ट इन्डिजमा थिए।

AFC Asian Cup Qualifier
#टिमPW Pts
1 Nepal Women Nepal Women 3 2 6
2 Uzbekistan Women Uzbekistan Women 1 1 3
3 Laos Women Laos Women 1 0 0
4 Sri Lanka Women Sri Lanka Women 1 0 0
🏆FIFA International Friendly
1 Thailand Women Thailand Women 1 3
2 Nepal Nepal 2 2
3 Hong Kong Hong Kong 1 1
4 Bangladesh Bangladesh 1 1
सबै समूह →