← समाचारमा फर्कनुस्
सन्दीपविरुद्धको मुद्धाको पेशी स्थगित

काठमाडौँ । क्रिकेटर सन्दीप लामिछानेविरूद्धको मुद्दाको आज पनि सुनुवाइ स्थगित भएको छ।
काठमाडौं जिल्ला अदालतमा आजपनि सो मुद्दा पेशी नतोकिएपछि स्थगित भएको हो। जिल्ला अदालत काठमाडौंले यसअघि न्यायाधीश नभएका कारण देखाउँदै गत असोज १ गते स्थगित गरिएको सो मुद्धाको पेशी आजका लागि तोकिएको थियो। तर आजपनि सोहि कारणले पेशी नतोकिएको बुझिएको छ।
गत भदौ २१ गते अन्तिम फैसला भनिएको उक्त पेशीका दिन न्यायाधीश सकुन्तला कार्कीको इजलासले पीडित भनिएकी किशोरी ‘गौशाला २६’ को यकिन जन्ममिति जनाउने कागज नभएकाले पुनः अर्को माग गर्ने आदेश दिए पछि त्यसपछि कुनै काम कारबाही अघि बढेको छैन।
AFC Asian Cup Qualifier
| # | टिम | P | W | Pts |
|---|---|---|---|---|
| 1 |
Nepal Women |
3 | 2 | 6 |
| 2 |
Uzbekistan Women |
1 | 1 | 3 |
| 3 | 1 | 0 | 0 | |
| 4 |
Sri Lanka Women |
1 | 0 | 0 |