नेपाल १५७ रनमै अलआउट

काठमाडौं- जारी एसीसी प्रिमियर कपमा नेपाल कतारविरुद्ध १५७ रनमा अलआउट भएको छ।
टियु क्रिकेट मैदान टस हारेर पहिले ब्याटिङ गरेको नेपालले ४०.३ ओभरमा अल आउट हुदै मात्र १५७ रन बनाएको हो।
२८ ओभरमा १११ रन बनाउँदा ९ विकेट गुमाएको नेपालको पारी सन्दीप सन्दीप लामिछाने र ललित राजवंशीले सम्हालेका थिए । उनीहरुले अन्तिम विकेटका लागि ४६ रनको साझेदारी गरेका थिए । सन्दीपले ५८ बलमा ६ चौकासहित ४२ रन बनाएर नटआउट रहे भने ललितले १७ बलमा एक रन बनाए ।
यस्तै कुशल भुर्तेलले २ रन बनाएर आउट हुँदा आसिफ शेख १९, भिम शार्की ६, रोहित पौडेल २७, सोमपाल कामी ११, कुशल मल्ल ३, आरिफ शेख ११, दिपेन्द्र सिंह ऐरी १२ तथा गुल्शन झा ७ रन बनाएर आउट भए ।
कतारका अमिर फरुकले ४ विकेट लिए । यस्तै ओएस अहमेदले ३ तथा ग्यान मुनाविराले २ विकेट लिए ।

नेपाली टिमः रोहित पौडेल (कप्तान), कुशल भुर्तेल, आसिफ शेख, कुशल मल्ल, आरिफ शेख, सोमपाल कामी, दीपेन्द्रसिंह ऐरी, गुलशन झा, सन्दीप लामिछाने, भीम सार्की र ललिराजवंशी ।
| # | टिम | P | W | Pts |
|---|---|---|---|---|
| 1 |
Nepal Women |
3 | 2 | 6 |
| 2 |
Uzbekistan Women |
1 | 1 | 3 |
| 3 | 1 | 0 | 0 | |
| 4 |
Sri Lanka Women |
1 | 0 | 0 |