साफ यू-१९ः माल्दिभ्सलाई बराबरिमा रोक्दै पाकिस्तान सेमिफाइनलमा

काठमाडौ- नेपालमा जारि साफ यू-१९ फुटबलमा समूह बी को दोस्रो खेलमा माल्दिभ्सलाई बराबरिमा रोक्दै पाकिस्तान सेमिफाइनल प्रवेश गरेको छ।
त्रीपुरेश्वरस्थित दशरथ रंगशालामा भएको खेलमा माल्दिभ्स र पाकिस्तानले १-१ गोलको बराबरि खेलेका हुन्।
माल्दिभ्सका लागी खेलको ३९ औ मिनेटमा कप्तान सनान रसिदले गोल गर्दै टिमलाई अग्रता दिलाएका थिए।
त्यस्तै खेलमा दोस्रो हाफको १७ औ मिनेटमा पाकिस्तानका मुहामद जफरले गोल गरेपनि रेफ्रिले त्यसलाई अफसाइड दिएका थिए।
दोस्रो हाफको ३९ औ मिनेटमा पाकिस्तानका साह जहानले गोल गर्दै खेललाई १-१ गोलको बराबरिमा फर्काएका थिए।
यो नतिजासंगै समूह बी मा शिर्ष स्थानमा रहदै पाकिस्तानले सेमिफाइनलमा स्थान सुरक्षित गरेको छ।
पाकिस्तानको २ खेलमा ४ अंक रहेको छ। उता १ अंक जोडेको माल्दिभ्सले सेमिफाइनल प्रवेशका लागी घरेलु टोली नेपाल संग खेल्नेछ।
पहिलो खेलमा पाकिस्तानसंग पराजित भएको नेपाल अंकविहिन रहेको छ।
| # | टिम | P | W | Pts |
|---|---|---|---|---|
| 1 |
Nepal Women |
3 | 2 | 6 |
| 2 |
Uzbekistan Women |
1 | 1 | 3 |
| 3 | 1 | 0 | 0 | |
| 4 |
Sri Lanka Women |
1 | 0 | 0 |