← समाचारमा फर्कनुस्
साफ यू-१९ः घरेलु मैदानमा नेपाल पराजित

घरेलु टोली नेपाल साफ यू-१९ च्याम्पियनसिपको पहिलो खेलमै पराजित भएको छ।
त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा सम्पन्न समूह ए को पहिलो खेलमा साफ यू-१९ च्याम्पियनसिपमा डेब्यू गरेको पाकिस्तानसँग नेपाल १-० गोलअन्तरले पराजित भएको हो।
खेलको १५औँ मिनेटमा पाकिस्तानले अग्रता लिने मौका पाएको थियो। मोहम्मद आदिलले बार नजिकै रहेर बल प्रहार गरेका थिए। तर, नेपाली डिफेन्डर अश्विन घरासौनीलाई बिट गर्न नसक्दा बाहिरियो।
७६औँ मिनेटमा पाकिस्तानले अग्रता लियो। अलि जफरले करिब ३० यार्डबाट गरेको प्रहारलाई जियारथले बचाउने प्रयास गरेपनि सफल हुन सकेनन्।
नेपालले अब सोमबार दोस्रो खेल माल्दिभ्ससँग खेल्ने छ। उक्त खेलमा नेपाललाई जितको आवश्यक छ।
जितसँगै पाकिस्तानले सेमिफाइनल पुग्ने सम्भावना बलियो बनाएको छ।
AFC Asian Cup Qualifier
| # | टिम | P | W | Pts |
|---|---|---|---|---|
| 1 |
Nepal Women |
3 | 2 | 6 |
| 2 |
Uzbekistan Women |
1 | 1 | 3 |
| 3 | 1 | 0 | 0 | |
| 4 |
Sri Lanka Women |
1 | 0 | 0 |