← समाचारमा फर्कनुस्
Cricket Aug 29, 2023 · Shishir

भारत र पाकिस्तानसँग दिल खोलेर खेल्छौँ : सन्दीप

भारत र पाकिस्तानसँग दिल खोलेर खेल्छौँ : सन्दीप

नेपाली राष्ट्रिय क्रिकेट टोलीका लेग स्पिनर सन्दीप लामिछानेले एशिया कपमा भारत र पाकिस्तानसँग दिल खोलेर खेल्ने बताएका छन्।

एशिया कपमा सहभागिता जनाउन सोमबार पाकिस्तान प्रस्थान गर्नेक्रममा उनले उक्त कुरा बताएका हुन्।

“भारत र पाकिस्तानसँग खेल्न पाउनु सबै नेपालीको लागि गर्वको कुरा हो। खेलमा हारजित भन्दा पनि उहाँहरूबाट धेरै कुरा सिक्न सकिन्छ, त्यो महत्त्वर्पूण पनि हुने छ। हामी आफ्नो दिल खोलेर खेल्ने छौँ। हामीलाई जति आउँछ त्यति खेल्ने छौँ,” उनले भने। 

सन्दीपले प्रतियोगितामा नेपालले राम्रो गर्ने आशा व्यक्त गरेका छन्। उनले प्रतियोगिताको लागि आफूले सक्दो तयारी गरेको पनि बताए।

“टिमले राम्रो प्रदर्शन गरिरहेको छ। पाकिस्तानको स्थानिय टिमसँग पनि राम्रो प्रदर्शन गरेको थियो। म पनि आफ्नो तरिकाबाट सेल्फ अभ्यास गरिरहेको थिएँ। म प्रतियोगिता खेल्न एकदमै फिट छु,” उनले भने। 



AFC Asian Cup Qualifier
#टिमPW Pts
1 Nepal Women Nepal Women 3 2 6
2 Uzbekistan Women Uzbekistan Women 1 1 3
3 Laos Women Laos Women 1 0 0
4 Sri Lanka Women Sri Lanka Women 1 0 0
🏆FIFA International Friendly
1 Thailand Women Thailand Women 1 3
2 Nepal Nepal 2 2
3 Hong Kong Hong Kong 1 1
4 Bangladesh Bangladesh 1 1
सबै समूह →