← समाचारमा फर्कनुस्
Cricket Apr 12, 2023 · Shishir

रूबिनाको अलराउन्ड प्रदर्शनमा बर्मी आर्मीको जित

रूबिनाको अलराउन्ड प्रदर्शनमा बर्मी आर्मीको जित

काठमाडौ- नेपाली राष्ट्रिय टिमकी कप्तान रूबिना क्षेत्रीले उत्कृष्ट अलराउन्ड प्रदर्शन गर्दा     हङकङमा जारी फेयरब्रेक आमन्त्रण २०२३ क्रिकेट टी-२० प्रतियोगितामा बर्मी आर्मी विजयी भएको छ।

बर्मी आर्मीले रुबिना प्रेरित खेलमा सफायर्सविरुद्ध टिमले ६१ रनको जित निकालेको हो।

खेलमा पहिले ब्याटिङ गरेको बर्मीले २० ओभरमा ८ विकेट गुमाउदै  १६८ रन बनाएको थियो।

उसका लागि लाउरा वुल्भर्टले सर्वाधिक ४९ रन बनाउदा रूबिनाले नटआउट ३२ रन बनाइन। उनले  २५ बलमा १ चौका  र २ छक्का प्रहार गरिन्।

जितका लागी १६९ रनको लक्ष्य पछ्याएको सफायर्स १५.५ ओभरमा १०७ रनमै अलआउट भयो।

उसका लागी साफायर्सका लागि तश फारेन्टले सर्वाधिक ३२ रन बनाउँदा बबिटि डि लिडिले २३ रन बनाईन् ।

बलिंगतर्फ बर्मीका लागी रूबिनाले सर्वाधिक ५ विकेट लिइन्। यो संगै रुविना फेयर ब्रेकमा पाँच विकेट लिने पहिलो एसोसिएट बलर बनेकी छिन् 

यो जितसंगै प्रतियोगितामा बर्मी सेमिफाइनलमा पुगिसकेको छ। 

प्रतियोगितामा बार्बी आर्मी र टोनेडससहित वारियर्स, स्पिरिट, साफायर्स र फाल्कन्स सहभागी छन्।

AFC Asian Cup Qualifier
#टिमPW Pts
1 Nepal Women Nepal Women 3 2 6
2 Uzbekistan Women Uzbekistan Women 1 1 3
3 Laos Women Laos Women 1 0 0
4 Sri Lanka Women Sri Lanka Women 1 0 0
🏆FIFA International Friendly
1 Thailand Women Thailand Women 1 3
2 Nepal Nepal 2 2
3 Hong Kong Hong Kong 1 1
4 Bangladesh Bangladesh 1 1
सबै समूह →