← समाचारमा फर्कनुस्
Cricket May 06, 2023 · Shishir

आइपिएलमा राजस्थानविरुद्ध गुजरात विजयी

आइपिएलमा राजस्थानविरुद्ध गुजरात विजयी

काठमाडौ- जारि इन्डियन प्रियिमर लिग आइपिएलमा राति भएको खेलमा लिग लिडर गुजरात टाइटन्सले राजस्थान रोयल्सलाई पराजित गरेको छ।

गुजरातले राजस्थानलाई उसकै मैदानमा ९ विकेटले पराजित गरेको हो।

राजस्थानले जितका लागि दिएको ११९ रनको सामान्य लक्ष्य  गुजरातले १३.५ ओभरमा १ विकेट गुमाएर पूरा गर्यो ।

त्यसअघि टस जितेर पहिले ब्याटिङ गरेको राजस्थान १७.५ ओभरमा ११८ रनमा अल आउट भएको थियो।

यो जितसंगै गुजरात १० खेलमा १४ अंकका साथ शीर्ष स्थानमा कायम रहेको छ । त्यस्तै राजस्थान रोयल्स १० खेलमा १० अंक जोड्दै चौथो स्थानमा छ ।

AFC Asian Cup Qualifier
#टिमPW Pts
1 Nepal Women Nepal Women 3 2 6
2 Uzbekistan Women Uzbekistan Women 1 1 3
3 Laos Women Laos Women 1 0 0
4 Sri Lanka Women Sri Lanka Women 1 0 0
🏆FIFA International Friendly
1 Thailand Women Thailand Women 1 3
2 Nepal Nepal 2 2
3 Hong Kong Hong Kong 1 1
4 Bangladesh Bangladesh 1 1
सबै समूह →