← समाचारमा फर्कनुस्
Cricket Apr 24, 2023 · Shishir

नेपाल र साउदीबिचको खेल रद्ध, नेपाल एक खेल अगावै सेमिफाइनलमा

नेपाल र साउदीबिचको खेल रद्ध, नेपाल एक खेल अगावै सेमिफाइनलमा

काठमाडौं- अविरल वर्षाको कारण एसीसी प्रिमियर कपमा नेपाल र साउदी अरबबिचको खेल रद्ध भएपछि दुवै टोलिले अंक बाँडेका छन्। यो बराबरिसंगै नेपालले एक खेल अगावै सेमिफाइनलमा स्थान बनाएको छ।

समूह ए मा रहेका नेपाल र साउदीले माथिल्लो मूलपानी मैदानमा आ-आफ्नो तेस्रो खेल खेल्ने तय थियो।

खेलका लागि नियमित समय अनुसार टस ८:३० मा हुनुपर्ने हो। र, खेल ९ बजेबाट शुरू हुनुपर्ने थियो। तर, वर्षाको कारण टस नै हुन सकेन। खेल रद्द हुने भएपछि नेपाली टोलीका सम्पूर्ण खेलाडी मैदानमा उपस्थित दर्शकसँग फोटो खिचेर बाहिरिएका छन्।

यसअघि नेपालले पहिलो खेलमा मलेसिया र दोस्रो खेलमा ओमानलाई पराजित गरेको थियो।

१० टोलि सम्मिलित प्रतियोगिताको समूह 'ए' मा आयोजक नेपाल सहित मलेसिया,साउदी अरेबिया, कतार र ओमान रहेदा समूह 'बी' मा बहराइन,कुवेत,सिंगापुर,हङकङ र युएई रहेका छन् ।

नेपाली टिमः

रोहित पौडेल (कप्तान), कुशल भुर्तेल, आसिफ शेख, कुशल मल्ल, आरिफ शेख, सोमपाल कामी, दीपेन्द्रसिंह ऐरी, करण केसी, सन्दीप लामिछाने, भीम सार्की, र ललित राजवंशी ।



AFC Asian Cup Qualifier
#टिमPW Pts
1 Nepal Women Nepal Women 3 2 6
2 Uzbekistan Women Uzbekistan Women 1 1 3
3 Laos Women Laos Women 1 0 0
4 Sri Lanka Women Sri Lanka Women 1 0 0
🏆FIFA International Friendly
1 Thailand Women Thailand Women 1 3
2 Nepal Nepal 2 2
3 Hong Kong Hong Kong 1 1
4 Bangladesh Bangladesh 1 1
सबै समूह →