← समाचारमा फर्कनुस्
Cricket Apr 29, 2023 · Shishir

नेपाल र कुवेतबीचको खेल वर्षाले अवरुद्ध

नेपाल र कुवेतबीचको खेल वर्षाले अवरुद्ध

काठमाडौ- टियु क्रिकेट मैदानमा जारि एसिसी प्रिमियर कपमा नेपाल र कुवेतबीचको पहिलो सेमिफाइनल खेल वर्षाको कारण अवरुद्ध भएको छ।

टस हारेर पहिले ब्याटिंग गरेको नेपालले २२.३ ओभरमा ३ विकेट गुमाएर १४१ रन बनाएको अवस्थामा वर्षाको कारण खेल रोकिएको हो।

नेपालका कुशल भुर्तेल ४३ रन बनाएर आउट भए भने आसिफ शेख ३१ तथा भीम शार्कीले १ रन बनाएर आउट भएका छन्। अहिले रोहित पौडेल र कुशल मल्ले नेपालको पारी सम्हालेका छन् । 

पौडेल ३० रन तथा मल्ल ३२ रन बनाएर नटआउट रहेका छन् ।

नेपाल अपराजित रहदै समूह ए को विजेता र कुवेत समूह बी को उपविजेताको रुपमा सेमिफाइनलमा प्रवेश गरेको हो।

नेपाली टिमः रोहित पौडेल (कप्तान), कुशल भुर्तेल, आसिफ शेख, कुशल मल्ल, आरिफ शेख, सोमपाल कामी, दीपेन्द्रसिंह ऐरी, करण केसी, सन्दीप लामिछाने, भीम सार्की र ललित राजवंशी ।



AFC Asian Cup Qualifier
#टिमPW Pts
1 Nepal Women Nepal Women 3 2 6
2 Uzbekistan Women Uzbekistan Women 1 1 3
3 Laos Women Laos Women 1 0 0
4 Sri Lanka Women Sri Lanka Women 1 0 0
🏆FIFA International Friendly
1 Thailand Women Thailand Women 1 3
2 Nepal Nepal 2 2
3 Hong Kong Hong Kong 1 1
4 Bangladesh Bangladesh 1 1
सबै समूह →