← समाचारमा फर्कनुस्
नेपाल र युएईबिचको फाइनल खेल वर्षाले अवरुद्ध

काठमाडौ- जारि एसीसी कपको नेपाल र युएईबीचको फाइनल खेल बर्षाका कारण अवरुद्ध भएको छ ।
नेपालले टस जितेर पहिले बलिङ गरेर युएईले ब्याटिंगगर्दै गर्दा १६ ओभरमा ५ विकेट ६० रन बनाएको अवस्थामा पानी परे पछि खेल रोकिएको हो ।
युएईका लागी आसिफ खान १५ र बसिर हमिद ६ रन बनाएर क्रिजमा रहेका छन् ।
यसअघि युएईका रोह मुस्तफा २, रमिज शाहजादले १, आर्यन लाक्रा १३, वृत्य अरविन्द ८ र कप्तान मोहमद वासिम ११ रन बनाएर आउट भइसकेका छन् ।
नेपालका लागी करण केसीले सर्वाधिक दुई विकेट लिदा सोमपाल कामी, ललितनाराण राजवंशी र सन्दीप लामिछानेले समान १-१ विकेट लिएका छन् ।

नेपाली टिमः आसिफ शेख,कुशल भुर्तेल, भीम सार्की, रोहित पौडेल,कुशल मल्ल, आरिफ शेख, गुलशन झा, सोमपाल कामी, करण केसी, सन्दीप लामिछाने र ललित नारायण राजवंशी ।

AFC Asian Cup Qualifier
| # | टिम | P | W | Pts |
|---|---|---|---|---|
| 1 |
Nepal Women |
3 | 2 | 6 |
| 2 |
Uzbekistan Women |
1 | 1 | 3 |
| 3 | 1 | 0 | 0 | |
| 4 |
Sri Lanka Women |
1 | 0 | 0 |