← समाचारमा फर्कनुस्
Cricket Apr 27, 2023 · Shishir

एसीसी प्रिमियर कपमा आज नेपालले कतारसँग खेल्दै

एसीसी प्रिमियर कपमा आज नेपालले कतारसँग खेल्दै

काठमाडौ- नेपालमा जारि एसीसी प्रिमियर कपमा समूह चरणका अन्तिम खेलमा आज नेपालले कतारसँग खेल्दैछ।

कीर्तिपुरस्थित टीयू अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा विहान ९ बदेबाट सुरुहुने खेलमा  नेपालले  कतारलाई पराजित गरेमा समूह ए को विजेता बन्नेछ।

समूह ए बाट नेपाल र ओमानले यसअघिनै सेमिफाइनलमा स्थान पक्का गरिसकेका छन्।

१० टोलि सम्मिलित प्रतियोगिताको समूह 'ए' मा आयोजक नेपाल सहित मलेसिया,साउदी अरेबिया, कतार र ओमान रहेदा समूह 'बी' मा बहराइन,कुवेत,सिंगापुर,हङकङ र युएई रहेका छन् ।

नेपाली टिमः

रोहित पौडेल (कप्तान), कुशल भुर्तेल, आसिफ शेख, कुशल मल्ल, आरिफ शेख, सोमपाल कामी, दीपेन्द्रसिंह ऐरी, करण केसी, सन्दीप लामिछाने, भीम सार्की, र ललित राजवंशी ।



AFC Asian Cup Qualifier
#टिमPW Pts
1 Nepal Women Nepal Women 3 2 6
2 Uzbekistan Women Uzbekistan Women 1 1 3
3 Laos Women Laos Women 1 0 0
4 Sri Lanka Women Sri Lanka Women 1 0 0
🏆FIFA International Friendly
1 Thailand Women Thailand Women 1 3
2 Nepal Nepal 2 2
3 Hong Kong Hong Kong 1 1
4 Bangladesh Bangladesh 1 1
सबै समूह →