← समाचारमा फर्कनुस्
Cricket Apr 17, 2023 · Shishir

राजस्थान आइपिएलको शिर्ष स्थानमा उक्लियो

राजस्थान आइपिएलको शिर्ष स्थानमा उक्लियो

काठमाडौ- इण्डियन प्रिमियर लिग (आइपिएल) मा राजस्थान रोयल्स शिर्ष स्थानमा उक्लिएको छ।

राति सम्पन्न खेलमा राजस्थान रोयल्सले गुजरात टाइटन्सलाई ३ विकेटले पराजित गरेको हो।

गुजरातले दिएको १७८ रनको लक्ष्य राजस्थानले १९.२ ओभरमा ७ विकेट गुमाउदै पुरा गर्यो।

राजस्थानका लागी कप्तान सन्जु सामसनले ६०, शिमरन हेटमेयरले ५६ रन बनाउदा देवदत्त पाडिकलले २६, ध्रुव जुरेलले १८ र आठ आश्विनले १० रन बनाए।

यता गुजरातका लागी मोहमद सामीले ३ विकेट लिदी राशिद खाँले २ विकेट तथा हार्दिक पाण्डेय र नूर मोहमदले समान १-१ विकेट लिए ।

त्यसअघि टस हारेर पहिला ब्याटिंग गरेको गुजरातले २० ओभरमा ७ विकेट गुमाउदै १७७ रन बनाएको थियो ।

उसका लागी लागि डेविड मिलरले ४६ रन बनाउदा शुभमन गीलले ४५ रन बनाए। यस्तै हार्दिक पाण्डेयले २८ रन,अभिनव मनोहरले २७ रन र साइ सुदर्सनले २० रन बनाए।

राजस्थानका लागी सन्दीप शर्माले २ विकेट लिदा ट्रेन्ट बोल्ट, एडम जाम्पा र युजवेन्द्र चहलले समान १-१ विकेट लिए ।

यो संगै लिगमा राजस्थानको ५ खेलमा ८ अंक भएको छ । त्यस्तै गुजरात ५ खेलमा ६ अंकसहित तालिकाको तेस्रो स्थानमा रहेको छ ।

AFC Asian Cup Qualifier
#टिमPW Pts
1 Nepal Women Nepal Women 3 2 6
2 Uzbekistan Women Uzbekistan Women 1 1 3
3 Laos Women Laos Women 1 0 0
4 Sri Lanka Women Sri Lanka Women 1 0 0
🏆FIFA International Friendly
1 Thailand Women Thailand Women 1 3
2 Nepal Nepal 2 2
3 Hong Kong Hong Kong 1 1
4 Bangladesh Bangladesh 1 1
सबै समूह →