← समाचारमा फर्कनुस्
Cricket Apr 22, 2023 · Shishir

एसीसी कपमा साउदी अरेबियाद्वारा कतार पराजित

एसीसी कपमा साउदी अरेबियाद्वारा कतार पराजित

काठमाडौ- एसीसी प्रिमियर कपमा आज भएको खेलमा साउदी अरेबियाले कतारलाई पराजित गरेको छ ।

किर्तिपुरस्थित टियु क्रिकेट मैदानमा भएको  खेलमा साउदी अरेबियाले कतारलाई ७ विकेटले पराजित गरेको हो।

कतारले जितका लागी दिएको २१७ रनको लक्ष्य साउदीले ३४.२ ओभरमा ३ विकेट गुमाएर पूरा गर्यो । 

साउदीको जितमा अब्दुल वाहिदले १२४ रनको शानदार शतकीय ईनिङ खेले । 

कतारका लागि इक्रमुल्लाह खानले २ तथा खुरम शाहजादले १ विकेट लिए ।

त्यसअघि टस हारेर पहिला ब्याटिङ गरेको कतार ४९.५ ओभरमा अलआउट हुदै २१६ रन बनाएको थियो।

कतारका मोहम्मद तनविरले ४६ रन बनाउदा कमरान खानले ३६ रन बनाए। 

साउदीका लागि इश्तिक अहमदले सर्वाधिक ४ विकेट लिदी अतिफ उर रहमान, जैन उल अबिदीन र अहमद बलाडार्फले समान २-२विकेट लिए ।

यो जितसंगै समुह ए मा रहेको साउदी अरेबियाको २ खेलमा २ अंक रहेको छ ।उता कतारको यो लगातार दोस्रो हार हो।

AFC Asian Cup Qualifier
#टिमPW Pts
1 Nepal Women Nepal Women 3 2 6
2 Uzbekistan Women Uzbekistan Women 1 1 3
3 Laos Women Laos Women 1 0 0
4 Sri Lanka Women Sri Lanka Women 1 0 0
🏆FIFA International Friendly
1 Thailand Women Thailand Women 1 3
2 Nepal Nepal 2 2
3 Hong Kong Hong Kong 1 1
4 Bangladesh Bangladesh 1 1
सबै समूह →