आइपिएलमा लखनउ दोस्रो स्थानमा उक्लियो

काठमाडौ- जारि इण्डियन प्रिमियर लिग (आइपिएल) मा पञ्जाब किंग्सलाई पराजित गर्दै लखनउ सुपर जाइन्ट दोस्रो स्थानमा उक्लिएको छ ।
राति भएको खेलमा लखनउ सुपर जाइन्टले घरेलु टोली पञ्जाब किंग्सलाई ५६ रनले पराजित गरेको हो।
लखनउले जितका लागी दिएको २५८ रनको विशाल लक्ष्य पछाएको पञ्जाब्ले १९.५ ओभरमा अलआउट हुदै २०१ रन मात्र बनायो।
पञ्जाबका लागि अथर्व टयडले सर्बाधिक ६६ रन बनाउदा सिकन्दर राजाले ३६ रन र जितेश शर्माले २४ रन बनाए।
लखनउका लागी यश ठाकुरले सर्बाधिक ४ विकेट लिदा नवीन उल हकले ३, रवि विश्नोईले २ र मार्कस स्टोइनिसले १ विकेट लिए।
त्यसअघि टस हारेर पहिला ब्याटिंग गरेको लखनउले २० ओभरमा ५ विकेट गुमाएर २५७ रन बनाएको थियो ।
लखनउका लागि मार्कस स्टोइनिसले सर्बाधिक ७२ रन बनाउदा कील मेयर्सले ५४र निकोलस पुरनले ४५ रन बनाएका थिए।
पन्जाबका लागी कागीसो रबाडाले २ विकेट लिदा अर्शदीप सिंह, साम कुरान र लियाम लिभिङस्टोनले समान १-१ विकेट लिएका थिए।
यो जितसंगै लखनउले ८ खेलमा १० अंक जोड्दा पञ्जाब ८ खेलमा ८ अंकसहित छैटौं स्थानमा रहेको छ ।
| # | टिम | P | W | Pts |
|---|---|---|---|---|
| 1 |
Nepal Women |
3 | 2 | 6 |
| 2 |
Uzbekistan Women |
1 | 1 | 3 |
| 3 | 1 | 0 | 0 | |
| 4 |
Sri Lanka Women |
1 | 0 | 0 |