← समाचारमा फर्कनुस्
Football Aug 10, 2023 · Shishir

राष्ट्रिय खेलाडी पुजन, रवि र निशान्त अस्ट्रेलिया प्रस्थान

राष्ट्रिय खेलाडी पुजन, रवि र निशान्त अस्ट्रेलिया प्रस्थान
नेपाली राष्ट्रिय फुटबल टोलीका थप तीन सदस्य अस्ट्रेलिया प्रस्थान गरेका छन्।
मिडफिल्डर पुजन पुजन उपरकोटी, विंगर रविशंकर पासवान र डिफेन्डर निशान खड्का बिहीबार अस्ट्रेलिया प्रस्थान गरेका हुन्। यी तीन खेलाडीले राष्ट्रिय टोलीको प्रतिनिधित्व गरिसकेका छन्।

पुजनले गत सिजन शहीद स्मारक ए डिभिजन लिग मछिन्द्र फुटबल क्लबबाट खेलेका थिए। यद्यपि, मंगलबार एएफसी कपअन्तर्गत प्रारम्भिक चरणमा मछिन्द्रले भुटानको पारो एफसीलाई ३-२ गोलअन्तरले पराजित गर्दा उनी प्लेइङ सेटमा थिएनन्।
यता, रविले विभागीय टोली नेपाल पुलिसबाट खेल्दै आएका थिए।

यस्तै, निशान्तले भने संकटाबाट ए डिभिजन लिग खेलेका थिए। उनीहरूलाई जावलाखेल युथ क्लबका मिडफिल्डर हिसुव थपलिया र सातदोबाटो युथ क्लबका गोलरक्षक अभिषेक बरालले विदाइ गरेका थिए। यसैसाता राष्ट्रिय टोली तथा सातदोबाटो युथ क्लबका फरवार्ड दीपकराज सिंह ठकुरी पनि अस्ट्रेलिया प्रस्थान गरेका थिए।

यस्तै, प्रशिक्षक बिष्णु गुरुङ पनि अस्ट्रेलिया पुगेका छन्।
एक वर्षको अन्तररालमा राष्ट्रिय टोलीबाट खेलिसकेका करिब डेढ दर्जन खेलाडी अस्ट्रेलिया पलायन भएका छन्।
उनीहरूका साथै करिब ५ दर्जन अन्य खेलाडी अस्ट्रेलिया, न्यूजिल्यान्ड र यूएई पलायन भइसकेका छन्। उनीहरू त्यहीका स्थानीय क्लबबाट फुटबल खेल्दै आएका छन्।
AFC Asian Cup Qualifier
#टिमPW Pts
1 Nepal Women Nepal Women 3 2 6
2 Uzbekistan Women Uzbekistan Women 1 1 3
3 Laos Women Laos Women 1 0 0
4 Sri Lanka Women Sri Lanka Women 1 0 0
🏆FIFA International Friendly
1 Thailand Women Thailand Women 1 3
2 Nepal Nepal 2 2
3 Hong Kong Hong Kong 1 1
4 Bangladesh Bangladesh 1 1
सबै समूह →