← समाचारमा फर्कनुस्
Football Aug 08, 2023 · Shishir

एएफसी कप : आज मच्छिन्द्र र पारो एफसी भिड्दै

एएफसी कप : आज मच्छिन्द्र र पारो एफसी भिड्दै

काठमाडौँ । एएफसी कपको प्रारम्भिक छनोट अन्तर्गत प्लेअफमा आज मच्छिन्द्र फुटबल क्लबले भुटानी लिग च्याम्पियन पारो एफसीको सामना गर्दैछ । 

खेल साँझ ५:३० बजे दशरथ रंगशालामा हुनेछ ।

लिग च्याम्पियन चर्च ब्वाइजले एएफसी क्लब लाइसेन्स प्राप्त गर्न नसक्दा उपविजेता मच्छिन्द्रले एएफसी कपमा प्रतिस्पर्धा गर्ने अवसर पाएको हो ।

पछिल्लो संस्करणमा मछिन्द्र श्रीलंकाको ब्लु स्टार स्पोर्ट्स क्लबसँग घरेलु मैदानमै पराजित भएको थियो ।

यस खेलका लागि टिकट मूल्य साधारणतर्फ २ सय रुपैयाँ र भीआइपी तर्फ ५ सय रुपैयाँ रहेको छ । खेलको टिकट इसेवामार्फत खरिद गर्न सकिने बताइएको छ ।

मछिन्द्रको टिम:
गोलरक्षक: विशाल श्रेष्ठ, प्रदिप भण्डारी, लुज महर्जन ।
डिफेन्डर: सनिश श्रेष्ठ, ओमोलाजा करीम, देवेन्द्र तामाङ, दिवाकर चौधरी, छिरिङ गुरुङ र सुरज विक ।
मिडफिल्डर: आन्द्रेस निया, एरिक विष्ट, लाकेन लिम्बु, दिपेश घले र उत्सव राई ।
फरवार्ड: विमल घर्ती मगर, आशिष चौधरी, आयुष घलान, अफिज ओलावाले, मेसुके ओलोमोउ, सौरभ लिम्बु, अभिषेक गुरुङ, रेजिन सुब्बा र विजय भुजेल ।

AFC Asian Cup Qualifier
#टिमPW Pts
1 Nepal Women Nepal Women 3 2 6
2 Uzbekistan Women Uzbekistan Women 1 1 3
3 Laos Women Laos Women 1 0 0
4 Sri Lanka Women Sri Lanka Women 1 0 0
🏆FIFA International Friendly
1 Thailand Women Thailand Women 1 3
2 Nepal Nepal 2 2
3 Hong Kong Hong Kong 1 1
4 Bangladesh Bangladesh 1 1
सबै समूह →