← समाचारमा फर्कनुस्
’मैदान बाहिर खेल्न सहज छैनः’ पारस खड्का

काठमाडौँ जिल्ला क्रिकेट संघको चौथो वार्षिक साधारणसभाले मंगलबार दिवाकर घलेको नेतृत्वमा कार्यसमिति चयन गरेको छ।
उक्त कार्यसमितिमा नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान पारस खड्का सदस्यमा चयन भएका छन्।
समितिको सदस्य चयन भएपछि सञ्चारकर्मीसँग प्रतिक्रिया दिँदै पारसले मैदानमा आफ्नो क्षमता र मिहिनेतमा भर परे खेल्दा सहज भए पनि मैदानबाहिर (राजनीति) खेल्दा असहज महसुस भएको बताएका हुन्।
“खेल्दाखेरि डिपेन्ड हुन्थ्यो, आफ्नो स्किल र मिहिनेतमा। तर, यहाँ सबैसँग सहकार्य र समन्वय गर्नुपर्ने भएको कारण सिक्दै छु, पदाधिकारी हुन त्यति सजिलोचाहिँ छैन,” उनले भने।
त्यसतै उनले मैदानमा टिमले साथ दिएझैँ मैदानबाहिर पनि पदाधिकारीको साथ सहयोग चाहिने पनि बताए।
AFC Asian Cup Qualifier
| # | टिम | P | W | Pts |
|---|---|---|---|---|
| 1 |
Nepal Women |
3 | 2 | 6 |
| 2 |
Uzbekistan Women |
1 | 1 | 3 |
| 3 | 1 | 0 | 0 | |
| 4 |
Sri Lanka Women |
1 | 0 | 0 |