← समाचारमा फर्कनुस्
पाकिस्तानले अफगाानिस्तानलाई हरायो

पाकिस्तानले अफगाानिस्तानविरुद्धको तीन खेलको ओडिआई सिरिज क्लिन स्विप गरेको छ ।
तेस्रो तथा अन्तिम ओडिआई पाकिस्तानले ५९ रनले जितेको थियो ।
पाकिस्तानले दिएको २ सय ६९ रनको लक्ष्य पछ्याएको अफगानिस्तान ४८ दशमलब ४ ओभरमा २ सय ९ रनमा अलआउट भयो ।
अफगानिस्तानका लागि मुजिब उर रहमानले ३७ बलमा ५ चौका र ५ छक्कासहित ६४ रनको अर्धशतकीय ईनिङ खेले पनि टोलीको हार टार्न भने सकेनन् ।
त्यसअघि टस जितेर पहिला ब्याटिङ रोजेको पाकिस्तानले निर्धारित ५० ओभरमा ८ विकेट गुमाउँदै २ सय ६८ रन बनाएको थियो ।
पाकिस्तानका विकेटकिपर मोहम्मद रिजवान र बाबर अजामले अर्धशतकीय ईनिङ खेलेका थिए । रिजवानले ७९ बलमा ६ चौका र १ छक्कासहित ६७ रनको योगदान दिए ।
कप्तान बाबरले ८६ बलमा ४ चौका र १ छक्कासहित ६० रन बनाए ।
AFC Asian Cup Qualifier
| # | टिम | P | W | Pts |
|---|---|---|---|---|
| 1 |
Nepal Women |
3 | 2 | 6 |
| 2 |
Uzbekistan Women |
1 | 1 | 3 |
| 3 | 1 | 0 | 0 | |
| 4 |
Sri Lanka Women |
1 | 0 | 0 |